मारवाडी सेवा संघकाे नवनिर्मित भवनमा शाकाहारी भोजनकाे सुविधा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मारवाडी सेवा संघकाे नवनिर्मित भवनमा शाकाहारी भोजनकाे सुविधा

भैरहवा। मारवाडी समुदायको साझा संस्था मारवाडी सेवा संघ भैरहवाकाे नवनिर्वित भवनमा शाकाहारी भोजनालय खुलेकाे छ । ०४८ सालमा स्थापित संस्थाले स्थापना कालदेखि नै भोजनालय र विश्रामगृहको योजना बनाए पनि हाल मात्रै आएर संघमार्फत सेवा सुरु भएको हाे।

संघले विश्राम गृह भने ०५२ सालदेखि सुरु गरेकाे संघका पूर्वअध्यक्ष नारायणप्रसाद अग्रवालले बताए । शुद्ध र सफा शाकाहारी खाना खुवाउने उद्देश्यले संघको नयाँ निर्मित भवनको भुँइ तलामा भोजनालय सुरु भएको छ । बिहानको नास्ता, दिउँसोको खाना र रातिको खाना गरी सिमित समयमा सेवा निरन्तर हुने भोजनालायको उद्घाटन गर्दै पूर्वअध्यक्ष अग्रवालले भने । बिहान १० बजेसम्म खाजा, त्यसपछि ११ देखि ३ बजेसम्म दिउँसोको खाना र बेलुका ७ देखि ९ बजेसम्म साँझको खानाको व्यवस्था गरेका छौं, यसका अलावा मिठाई, नम्किन लगायत परिकार पनि संघले तोकेको सुपथ मूल्यमा व्यवस्थापन गरिएको संघका अध्यक्ष हेमन्त अग्रवालले जानकारी दिए ।नास्ता १२५ रुपैयाँमा, खाना १८० र स्पेशन मारवाडी खाना २५० रुपैयाँ तोकिए पनि मासिक रुपमा नियमित खानेका लागि आठ हजारको प्याकेजमा बिहान साझको खाना खुवाउने अध्यक्ष अग्रवालले भने।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);