सेनाको नयाँ अस्पतालमा सेवा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सेनाको नयाँ अस्पतालमा सेवा सुरु

sena hospital

काठमाडौं, १९ साउन । नेपाली सेनाले महांकालस्थित नवनिर्मित भवनमा छाउनी अस्पतालको दन्त र बाल चिकित्सा सेवा सञ्चालनमा ल्याएको छ । यससँगै उक्त भवनमा आकस्मिक र बहिरंग सेवा पनि सञ्चालनमा आउने भएको छ ।

दाँतसम्बन्धी समस्याको सामान्य उपचार छाउनीमा हुने भए पनि उच्चस्तरीय उपचार भने नयाँ भवनमा हुने सेनाले जनाएको छ । उक्त भवन सैनिक कल्याणकारी कोषबाट निर्माण गरिएको हो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले अस्पताल भवनको शुक्रबार उद्घाटन गर्दै अत्याधुनिक उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालन सुरु भएको जनाएका हुन् । महाभूकम्पपछि उक्त भवनबाट प्रदान गरिंदै आएको स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द भएको थियो ।

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सेवा विस्तारका रुपमा नै यसलाई उपयोग गर्ने क्षत्रीले बताए । अस्पतालबाट हाल बहालवाला, भूपू सैनिक र तिनका आश्रित परिवारका लागि आकास्मिक सेवा र बहिरंग सेवा उपलब्ध हुने बताइएको छ । आरम्भमा दन्त चिकित्सा, बाल चिकित्सा, औषधि वितरण, प्रयोगशाला र फिजियोथेरापी सेवा उक्त भवनबाट उपलब्ध हुने जनाइएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);