भरतपुर अस्पताल १० वर्षभित्र १ हजार शय्या | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भरतपुर अस्पताल १० वर्षभित्र १ हजार शय्या

Bharatpur_Hospital

चितवन, २६ चैत ।  भरतपुर अस्पताललाई आगामी १० वर्षभित्र १ हजार शय्याको सुविधासम्पन्न सरकारी मेडिकल बनाउने घोषणा गरिएको छ । आइतबार सम्पन्न अस्पतालको १५ औं वार्षिकोत्सवका वक्ताहरूले उक्त कुरा बताएका हुन् । वि.सं. २०१३ मा एउटा छाप्रोबाट सुरु भएको भरतपुर अस्पताल अहिले भव्य भवनमा सञ्चालित छ । १५ शय्याबाट सेवा सुरु गरेको अस्पतालमा अहिले ६ सय शय्या छन् ।

अस्पतालले वि.सं. २०६३ मा गुरुयोजना बनाएको थियो । जुन गुरुयोजना ०७४ को जेठमा स्वीकृत भएको छ । गुरुयोजनामा १० वर्षभित्र भरतपुर अस्पताललाई हजार शय्याको बनाउँदै शैक्षिक प्रतिष्ठान पनि बनाउने कुरा उल्लेख छ । त्यसैले गुरुयोजना कार्यान्वयनमा सरकारले सहयोग गर्नुपर्ने डा. मरासिनीको भनाइ छ । गुरुयोजनाको कुल लागत ६ अर्ब रुपैयाँ रहेको छ । सरकारले वर्षको ६० करोड रुपैयाँ उपलब्ध गराए गुरुयोजना कार्यान्वयनमा समस्या नहुने डा. मरासिनीले बताए ।

अस्पतालमा हाल सञ्चालित ६ सय शय्यामा तीन सय सरकारी र अरू अस्पताल विकास समितिले सञ्चालन गरेको हो । गत वर्ष अस्पतालमा उपचारका लागि एक लाख ७२ हजार बिरामी आएको डा. मरासिनीले जानकारी दिए । यस वर्ष ६ महिनामा ९२ हजार बिरामी उपचारका लागि आएका छन् । देशका ३५ जिल्लाका बिरामी भरतपुर असपताल आउने उनले बताए ।

‘बिरामीलाई उपचार सेवा दिनुका साथै हामीले शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको स्नातकोत्तर (एमडी/एमएस) कार्यक्रम सञ्चालन भइरहेको छ । २५ जना रेजिडेन्ट चिकित्सकहरूलाई १० जना प्राध्यापकहरूले पढाइरहनुभएको छ,’ प्रमुख मेडिकल सुपरिटेन्डेन्ड डा.मरासिनीले भने ।

यसका साथै नर्सिङ कार्यक्रम अन्तर्गत स्नातक तह र प्रमाणपत्र तहमा ४०/४० विद्यार्थी पढ्दै आएको उनले बताए । स्वास्थ्यसँग सम्बन्धित अन्य तालिम कार्यक्रम पनि अस्पतालले सञ्चालन गर्दै आएको उनको भनाइ छ । ‘यस्ता शैक्षिक कार्यक्रम सञ्चालित यस अस्पताललाई यस प्रदेशको सरकारी मेडिकल कलेज बनाउन उपयुक्त हुन्छ,’ डा.मरासिनीले भने । अस्पतालले उच्च खालको उपचार सेवा र शिक्षण सेवा दिँदै आए पनि यसको हैसियत सरकारी तवरमा जिल्ला अस्पतालसरह रहेको प्रदेश ३ का सांसद विजय सुवेदीले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर अस्पताललाई चाँडै नै प्रदेश स्तरको अस्पतालको हैसियत दिलाउने वचन दिए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);