भक्तपुर अस्पताल २ सय शैय्याको बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भक्तपुर अस्पताल २ सय शैय्याको बन्दै

सुवास चौलागाईँ
भक्तपुर, ९ फागुन ।
देशकै पुरानो अस्पताल मध्यको भक्तपुर अस्पताल कोरोना महामारीबीच प्रदेशको उत्कृष्ट घोषित भएको थियो उत्कृष्ट अस्पताल घोषित भएसंगै भक्तपुर अस्पतालले शैय्यामा विस्तार गर्ने भएको छ ।

चालु आर्थिक वर्षको असार मसान्तभित्र ७५ शय्याको अस्पताललाई २ सय शय्यामा विस्तार गरिने भएको हो ।अस्पताल ले गुणस्तरीय सेवा सुरु गरे संगै बिरामीको चाप बढेकाले क्षमता विस्तारको तयारी थालिएको मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताए ।

वाग्मती प्रदेशद्वारा सञ्चालित अस्पतालमा ७५ शययाको एचडीयू, बालबालिकाका लागि ६ शययाको एनआईसीयू तथा ल्याप्रोस्कोपी, सिस्टेस्कोपी, हिस्टेस्कोपी, अर्थोस्कोपी, इन्डोस्कोपीलगायत सेवा विस्तारको तयारी थालिएको हो ।

नाक, कान, घाँटी, मुटु रोगको ओपीडी सेवा र मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई परिमार्जनसहित सञ्चालनमा ल्याउने डा. गौतमले बताए । अस्पतालमा अहिले आईसीयू सेवासमेत सुरु भइसकेको छ । महामारीकै अवधिमा ६ वटा भेन्टिलेटरसहित आईसीयू सेवा थालिएको छ

अस्पतालअनुगमनमा आउनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र डा. गौतमले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन दरबन्दीका विशेषज्ञ चिकित्सक र कर्मचारी पूर्तिको माग गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);