भक्तपुर अस्पताल बाग्मती प्रदेशकै उत्कृष्ट अस्पताल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भक्तपुर अस्पताल बाग्मती प्रदेशकै उत्कृष्ट अस्पताल

सुबास चौलागाई, भक्तपुर, १८ पुष । भक्तपुरको दुधपाटीमा रहेको भक्तपुर अस्पताल मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी यस वर्ष बाग्मती प्रदेश अस्पतालमा उत्कृष्ट अस्पताल हुन सफल भएको छ । भक्तपुर अस्पतालमा आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्याङ्कन टोलीले मूल्याङ्कनको मापदण्डअनुसार दिएको नम्बरको आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको हो । उक्त मूल्याङ्कन टोलीले भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा दु्रत गतिमा प्रगति गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको पुष्टि गरेको हो ।

अस्पतालको स्थलगत अवलोकन र मूल्याङ्कनमा भक्तपुर अस्पतालले ८२ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको वाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर अर्जुन सापकोटाले बताउनुभयो । स्वास्थ्य मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट डा रोशन न्यौपानेले भक्तपुर अस्पताल भक्तपुरवासीको अस्पताल मात्र नभई स्वास्थ्य सेवाका लागि उपत्यकाका जनताको रोजाइको अस्पताल बन्ने पर्याप्त आधार देखिएको बताउनुभयो ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले भक्तपुर अस्पतालको सेवा प्रवाहबारे प्रस्तुतीकरण राख्दै अस्पतालको पहिले र अहिलेको अवस्थाबारे जानकारी गराउनुभएको छ । गरे सम्भव हुने आफ्नो अनुभव साट्दै उहाँले सम्पूर्ण स्टाफ, सञ्चालक समिति, जनप्रतिनिधि र सबै तहका सरकारका सहयोगका कारण एक वर्षमै भक्तपुर अस्पतालले आफूलाई सुधार गर्न सकेको भन्दै सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममाअवसरमा स्वास्थ्य मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्री, धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा त्रिभुवनचन्द्र झा, जनस्वास्थ्य निरीक्षक रेवती थापा, एनएसआइका कार्यक्रम अधिकृत सुशील बस्नेत, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलगायतको सहभागिता रहेको थियो । भक्तपुर अस्पतालमा प्रशासनिक नेतृत्व गरिरहेकी डा सुमित्रा गौतमको सक्रियता र उनको अस्पताल सञ्चालन तथा विकास समितिको नेतृत्व गरिरहेका मिलन सुवालसँगको तालमेलसँगै भक्तपुर अस्पतालले स्थापना र सञ्चालनको इतिहासमै ठूलो विकास गरेको हो ।

अस्पताल सञ्चालनको ११६ वर्षपछि भक्तपुर अस्पताल आइसियु सेवा दिन समेत सफल भएको छ । आधा दर्जन भेन्टिलेटरसहित आइसियु सेवा सञ्चालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको देखिन्छ भने अझै दुई दर्जन बेडसहित अस्पतालले एचसियु सञ्चालन गरेको छ । गत कात्तिकमा प्रदेशभरीको अस्पतालबाट छनोट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताललाई सामाजिक विकास मन्त्रालयले पुरस्कृत समेत गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);