४३ वर्षदेखि भेडा पाल्दै रोका | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

४३ वर्षदेखि भेडा पाल्दै रोका

बाग्लुङ, १७ पुष । बाग्लुङका एक कृर्षकले विगत चार दशक देखी भेडा पालन गर्दै आएका छन् । तमानखोला गाउँपालिका वडा नम्बर ३ तमान रोका टोलका भीमबहादुर रोका विगत ४३ वर्षदेखि भेडा पाल्दै आएका हुन् ।

रोका अहिले ५५ पुरा भएर ५६ मा लाग्नुभएको छ । उहाँले १३ वर्ष हुँदादेखि भेडाँ पाल्दै आएको बताउँनुहुन्छ । आफ्नो काहिँला काकाबाट प्रभावित भएर भेडा पालनमा लागेको उहाँको भनाई छ । पछिल्लो समय युवा पुस्ताले यो पेशा अँगाल्न नचाँहदा परम्परागत भेडा पालन बिस्तारै हराउँदै गएको छ ।

केही समय अगाडी सम्म बागलुङको उच्च पहाडी क्षेत्रहरुमा भेडा गोठाले र भेडाहरु प्रशस्त मात्रामा भेट्याउन सकिन्थ्यो । पहिले पहिले भेडीगोठ जाँदा धेरै जिल्लाका धेरै ठाउँका भेडी गोठालेहरुको जमघट हुने गरेको तर पछिल्लो समय गोठाले कम भएको उहाँको भनाई छ ।

केही वर्ष अगाडीसम्म भेडा लगेर माथि बुकी तिर जाँदा म जस्तै धेरै भेडा गोठालेहरुको भेट हुन्थ्यो अहिले त ह्वात्तै कम भएको उहाको भनाई छ । रोका बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भेँडाकै स्याहार सुसार गर्नुहुन्छ । भेडाको सुरक्षाका लागि ५ वटा कुकुर समेत पाल्नुभएको छ । उहाँ जता जानुहुन्छ, भेडा र कुकुर पनि रोकाले उतै लैजाने गर्नुहुन्छ ।

रोका भेडासँगै घुम्ती गोठ बनाएर घुमिरहनुहुन्छ । सरकारले कृषकहरुलाई अनुदान समेत दिने गरेको छ । टाठाबाठा कृषकहरुले अनुदान लिने गरेका छन् । भीबहादुर रोका जस्ता दुर्गम ठाउँका कृषकहरुलाई अनुदान भनेको थाहा नै छैन । उनीहरुलाई सरकारले सहयोग गर्छ भन्दा अनौठो मान्छन् ।

भेडा विषेशगरी मासुकै लागि प्रयोग हुने गर्छ । पछिल्लो समय भेडाको मुल्य वृद्धिसँगै मासुको भाउ समेत बढेको छ । भेडाको मासु स्वास्थ्यको लागि अति महत्वपूर्ण मानिन्छ । भेडा विशेष गरी उच्चपहाडी क्षेत्रमै पालिने गरिन्छ ।

रोकाले भेडा मात्रै बेच्दैनन् । उनले भेडाको उनबाट बनाइएको कपडाहरु समेत बिक्री गर्ने गरेको बताउँनुहुन्छ । थारा भेडा मात्रै बेच्ने गरेको भन्दै समय–समयमा भेँडाको उनबाट बनाएको कपडाहरु पनि बेच्ने गरेको उहाँको भनाई छ ।

रोकाले ऊनबाट बनाएको कम्लब, हापदुला (भेँडाको रौँबाट बनेको कपडा) काम्लो, घुम, ज्यागेट लगायतका कपडाहरु देश विदेशमा बेच्ने गरेको समेत बताउनुभयो ।
ऊनबाट बनेको ज्याकेटको नेपाली बजारमा एउटाको सात हजारसम्म पर्ने उहाँको भनाई छ ।

रोका जेठ महिना सुरु हुँदा साथ सपिङखगर, थालखर्क, चालुगे लगायतका उच्च पहाडी र हिमाली क्षेत्रमा जाने गर्छन् । अहिले जाडोको सिजन भएको हुँदा बागलुङ र म्याग्दीको सिमाना क्षेत्रमा गोठ बसाल्ने उहाँ बताउँनुहुन्छ ।

उहाँले सरकारले केही सहयोग गरे विभिन्न स्थानमा जस्तापाताले गोठ बनाउन सक्ने बताउनुभयो । गोठ भयो भने भेडा र आफु खुला आकाश मुन बस्न नपर्ने उहाँको भनाई छ । उहाँले भेडापालनबाट घर खर्च चलाएर वार्षिक ५ लाख आम्दानी गर्ने बताउनुहुन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);