दोस्रो जलवायु सम्मेलन यस बर्षपनि मेलम्ची ९ गुफा डाँडामा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

दोस्रो जलवायु सम्मेलन यस बर्षपनि मेलम्ची ९ गुफा डाँडामा सम्पन्न

सिन्धुपाल्चोक , १७ पुष । सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु दिवस मनाईएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनााम भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति माहासंघका उपप्रमुख तथा नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले वातावरण प्रतिकुल हुनेखालको काम गरेकै कारणले अहिले प्राकृतिक विपत्ति भोग्नुपरेको बताउनुभयो । उहाँले ३ बर्ष अगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको समेत उपस्थितिमा जारी गरिएको घोषणपत्र कार्यान्वयनको लेखाजोखा नभएको भन्दै घोषणापत्र कार्यान्वयन नगर्ने भए बर्षबिच्छे दिवस मनाइरहनुको कुनै औचित्य नरहेको बताउनुभयो ।

प्रमुख अतिथि तामाङले मानविय क्रियापलापकै कारण प्राकृतिक विपत्ति आएको भन्दै अव सचेत हुनुपर्ने बेला आएको र नेपाली ुमाज एक ढिक्का भएर अन्र्तराष्ट्रिय समुदायलाइ खबरदारी गर्न सक्नपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले गुफालाइ पर्यटकिय स्थल बनाउन जिल्ला समन्वय समितिले काम गरिरहेको बताउनुभयो ।

गुफा डाँडालाई पर्यटकिय स्थल बनाएर गुफा बासिले आम्दानीको स्रोत बढाउन सक्ने भएकाले समन्वयको कार्यक्रममा हातेमालो गर्न गुफा बासिहरुलाई आग्रह गर्नुभयो । गुफा डाँडामा जलवायु सम्मेलन भइरहँदा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय समुदायको ध्यान आर्कषण भएकाले अब गुफाको पर्यटन विकासका लागि एकजुट भएर अगाडि बढ्न पर्ने अवस्था आएको बताउनुभयो ।

कार्यक्रममा संवाद विद हर्क तामाङले लजवायु परिवर्तन हुनुको कारण र पर्ने असरहरुको बारेमा जानकारी गराउनुभएको थियो भने बन तथा वातावरण विज्ञ भोला खतिवडाले झण्डा फहराए सँगै हरेक बर्ष एउटा एउटा विरुवा रोपेर कार्बन उत्पादन गरेर वातावरण अनुकुल हुने क्रियाकलाप गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय जलवायु पार्क बनाएर लजवायु सँग सम्बन्धीत कामहरु अगाडि बढाउनपर्नेमा जोड दिनुभयो ।सो

कार्यक्रममा बागमती प्रदेश सभाका प्रदेश सांसद इन्द्रमाया गुरुङ, नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल,इन्द्रावति गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसीं तामाङ, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रहरी प्रमुख राजन अधिकारी लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।गत

बर्षहरुमा ७७ वटै जिल्लाका प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको सो कार्यक्रम कोभिड १९ का कारण यस बर्ष सिमित मानिसको मात्रै उपस्थिति रहेको थियो । अन्र्तक्रिया कार्यक्रममा सबै बक्ताहरुको आफ्नो जिवन शैलिमा परिवर्तन गर्न सके मात्रै कार्यक्रमको औचित्य रहने प्रष्टाएका थिए । सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिसस सदस्य सकुन्तला माझिले गर्नुभएको थियो ।

२०७५ सालमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको राष्ट्रिय जलवायु सम्मेलन भएको मेलम्ची नगरपालिका वडा नं. ९ गुफाडाँडामा यस बर्ष दोस्रो जलवायु दिवस तथा अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);