प्रहरीको सक्रियताले बझाङमा प्राकृतिक स्रोत साधनको तस्करीमा कमी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रहरीको सक्रियताले बझाङमा प्राकृतिक स्रोत साधनको तस्करीमा कमी

ललित सिंह
बझाङ, १८ फागुन । जिल्ला प्रहरी कार्यालय बझाङले नदिजन्य पदार्थ, जडीबुटी तथा काठको अबैध तस्करी रोक्नका लागि थालेको अभियान प्रभावकारी हुँदै गएको छ । प्रहरीले दैनिक सुरक्षा गस्ती बढाई तस्करी समुहलाई धमाधम पक्राउ गर्न थालेपछि नदिजन्य पदार्थको अवैध तस्करीमा नियन्त्रण आएको छ ।

यस क्रममा प्रहरीले विभिन्न समयमा तस्करीे समुहलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । पछिल्लो एक महिना यता मात्रै प्रहरीले तस्करी गर्न लागिएका नदीजन्य पदार्थ सहितको एक दर्जन भन्दा बढी ट्याक्टर समातेको छ ।

समातिएका ट्याक्टर जिल्ला समन्वय समिति र नगरपालिकामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी प्रविण धितालले जानकारी दिए ।

जिल्लामा भएका प्राकृतिक स्रोत अवैध रुपमा विक्री वितरण हुँदा जिल्लामा हुने राजश्व संकलनमा पनि असर परिरहेको छ । बझाङ जिल्ला समन्वय समितिले जिल्लामा रहेका व्यवसायीहरुलाई पनि कडाइ गरेको छ ।

नियम कानुनको परिधिमा रहेर काम नगर्ने व्यवसायी तथा संस्थामाथि कारबाही गरिने जिल्ला समन्वय समितिका प्रमुख खडक बहादुर खड्काले बताए ।

जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी पक्राउ परेका तस्करहरुलाई कानुन अनुसार कारबाही प्रक्रिया शुरु गरिएको डिभिजन वन कार्यालय बझाङले जनाएको छ ।

बझाङ जिल्ला जति विकट भए पनि त्यहाँको प्राकृतिक सम्पदाले जिल्लाको महत्वलाई बढाएको छ । जिल्लामा पाईने अमूल्य जडिबुटी यार्सागुम्वा, सेतोचिनी, पाँचआैंले, शंखेसतुवा, कटुकी जस्ता अमूल्य जडिबुटीहरुलाई चोरी निकासी र बिना भन्सार निकास गर्न रोक लगाउन सके जिल्लाको साथसाथै सुदूरपश्चिम प्रदेशकै आर्थिक समृद्धि हुने निश्चित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);