भक्तपुरमा नेपालकै पहिलो श्वासप्रश्वास केन्द्र संचालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भक्तपुरमा नेपालकै पहिलो श्वासप्रश्वास केन्द्र संचालनमा

भक्तपुर, ३० माघ । भक्तपुरमा नेपालकै पहिलो श्वासप्रश्वास केन्द्र स्थापना भएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने श्वासप्रश्वास पुनर्स्थापना केन्द्रले भवन उद्घाटनसँगै उपचार सेवा आज देखि सुरु गरिएको छ ।

हिजो देखि जापान इन्टरनेसनल मेडिकल टेक्नोलोजी फाउन्डेसन को प्राविधिक सहयोगमा केन्द्र स्थापना गरिएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरमा श्वासप्रश्वास पुनर्स्थापना केन्द्र स्थापनाले देशभरिका दीर्घ दमखोकी भएका व्यक्ति लाभान्वित हुने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालनका लागि सहयोग गर्ने जापान सरकार र सहयोगी संस्था प्रति धन्यवाद व्यक्त गर्दै केन्द्रबाट तालिम प्राप्त चिकित्सकले सेवा प्रवाह गर्ने बताउनुभयो । प्रमुख प्रजापतिले नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच, सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नगरपालिकाले ३ वटा जनस्वास्थ्य सेवा केन्द्रमार्फत १९ थरीका स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो ।

दमखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी रोगले धेरै जनता पीडित बन्नु चिन्ताको विषय भएको बताउँदै प्रमुख प्रजापतिले नगरपालिकाले संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बागमती प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईंले भक्तपुर नगरपालिकाले नेपालकै पहिलो र एक मात्र श्वासप्रश्वास पुनर्स्थाजना केन्द्र सञ्चालन गरी नयाँ प्रयास थालनी गरेको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);