गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको अनुगमन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको अनुगमन सम्पन्न

पोखरा, ३० माघ । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम बहादुर चन्दले हिजो गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको निरीक्षण तथा अनुगमन गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरूलाई समायनुकुल प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन समेत गर्नुभएको छ । 

गण्डकी प्रदेश प्रहरी कार्यलयका विभिन्न शाखाको समेत अनुगमन गर्नुभएको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले सशस्त्र प्रहरी गणमा कार्यरत प्रहरी कर्मचारीहरू, गणका विभिन्न शाखा, मेस तथा ब्यारेकको निरीक्षण गरी काम कारबाहीको निरीक्षण गर्नुभएको थियो ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी वरिष्ठ उपरीक्षक चन्दले देशको परिस्थिति अनुरुप आइपर्न सक्ने जस्तोसुकै चुनौतीको सामना गर्न प्रहरी सदैव अग्रपंक्तिमा रही खटिनुपर्ने भएकाले प्रत्येक प्रहरी कर्मचारी शारीरिक तथा मानसिक रुपमा तयारी अवस्थामा रहनुपर्ने बताउनुभएको थियो ।

यसै अवसरमा गण्डकी प्रदेश सशस्त्र प्रहरी गणका गणपति प्रहरी उपरीक्षक दिपेन्द्र जि.सी.ले प्रहरी वरिष्ठ उपरीक्षक समक्ष गणका विविध काम कारबाहीका विषयमा प्रस्तुतीकरण मार्फत जाहेर गर्नुभएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);