नेपाल प्रहरीले चैत्राष्टमीको अवसरमा निशान तथा मौलो पूजा कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल प्रहरीले चैत्राष्टमीको अवसरमा निशान तथा मौलो पूजा कार्यक्रम सम्पन्न

पोखरा। नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैत्राष्टमीको अवसरमा सशस्त्र प्रहरी गुल्म पोखरामा निशान तथा मौलो पूजा कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले एक कार्यक्रमका बीच निशान तथा मौलामा पूजा गर्नुका साथै संकल्प पूजा आरधाना समेत गरेका छन् ।

उक्त अवसरमा उनले कुभिन्डो तथा बलि पूजा साथै विभिन्न हातहतियारको समेत पूजा गर्नुभयो र प्रहरीको एक टुकुडीले चारै दिशामा रहेका विभिन्न शक्तिपिठ एवं देविदेवताहरुलाई सलामी अर्पण समेत गरेको थियो ।

कार्यक्रममा चैत्राष्टमी ९चैते दशैँको शुभकामना व्यक्त गदै प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले नेपाल प्रहरी संगठनका सदस्य एवं परिवारजनमा सुख, शान्ति र समृद्धिको कामना समेत गरेका छन् ।

साथै उनले उक्त पूजाका बिभिन्न विधामा कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई शिरमा पगडी बाधिदिनुका साथै नगद पुरस्कारले समेत पुरस्कृत गरेका छन् । कार्यक्रम कै अवसरमा संघीय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसी, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेल, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भरत बहादुर बोहोरा, पोखरा स्थित बिभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरुद्वारा सयुंक्त रुपमा पुष्प अक्षेता सहित भगवती मन्दिरको परिक्रमा समेत गरिएको थियो ।

साथै, चैत्राष्टमी कै अवसरमा प्रहरी नायव उपरीक्षक स्यामू अर्यालले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा रहेको भगवती मन्दिरमा पुजा आरधना गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);