पोखरामा राष्ट्रिय युवा संघ नेपालको प्रथम वैठक सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पोखरामा राष्ट्रिय युवा संघ नेपालको प्रथम वैठक सम्पन्न

पोखरा , ३० माघ । पोखरामा राष्ट्रिय युवा संघ नेपालको वडा कमिटी -१७ को प्रथम वैठक सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ १७ का अध्यक्ष सिविन्द्रराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम ने .क. पा सह-ईन्चार्ज केन्द्रीय कमिटी सदस्य खगराज अधिकारीले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा वडा नं १७का अध्यक्ष तीर्थराज अधिकारी,वडा सदस्य बैकुण्ठ भण्डारी , क. दिपक पौडेल , आदिको उपस्थिति रहेको थियो ।कार्यक्रम पोखरा महानगरपालिका वडा नं १७ सुयोदय पार्टी प्यालेसमा सम्पन्न भएको हो । कार्यक्रम संचालन विक्रम गुरुङ्गले गर्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य नवीन गुरूङ्ग , विष्णु पुन , खगराज अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा मन्तव्यका क्रममा जिउँदा जन्ता हामी सबैका भगवान ,भुमी सम्बन्धित आयोग गठन भएको समेत उहाँहरुले जानकारी दिनुभएको हो भने सुकुम्बासीलाई छिट्टै लालपुर्जा वितरण गर्ने समेत उहाँहरुले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);