भुमि सम्बन्धि समस्या समाधान विषयक सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भुमि सम्बन्धि समस्या समाधान विषयक सम्पन्न

पोखरा , ३ फागुन । पोखरामा भुमि सम्बन्धि समस्या समाधान विषयक सम्पन्न भएको छ । पट्नेरी टोल विकास संस्थाको आयोजनामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता मुक्तिलाल गुरुङले गर्नु भएको थियो ।

प्रमुख अतिथि भुमि सम्बन्धि समस्या समाधान आयोग कास्कीका अध्यक्ष दामोदर बैरागी रहनुभएको थियो भने अतिथीहरुमा वडा नं(१५ का वडा अध्यक्ष प्रकाश पौडेल, क। बलराम पौडेल , रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कोषाध्यक्षले राख्नु भएको थियो संगै वडा अध्यक्ष प्रकाश पौडेल , मुक्तिलाल गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि भुमि सम्बन्धि समस्या समाधान आयोग कास्कीका अध्यक्ष दामोदर बैरागीले लालपुर्जा छिट्टै उपलब्ध गराउने र लामो समय देखि भुमिहिनको धेरै समस्याका कारण आयोग गठन गरि अहिले काम भईरहेको जानकारी दिनुभयो ।

मौसमका कारण केही समय समस्या परे पनि कार्यक्रम सम्पन्न भएको र उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम सन्चालक राज कुमार बरालले कार्यक्रम सम्पन्न भएको धोषण गर्नु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);