उच्चस्तरीय जाचँको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई बुझायो स्मरण-पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

उच्चस्तरीय जाचँको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई बुझायो स्मरण-पत्र

सर्लाही, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एबं सर्लाही जिल्ला इन्चार्ज  डाचाराज वाग्लेको रहस्यमय मृत्युको उच्चस्तरीय जाचको माग गर्दै नेकपा सहित नेकपा जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीलाई स्मरण-पत्र सहित ध्यानाकर्षण गराएको छ।

पार्टीका जिल्ला अध्यक्ष रेवती पन्तको नेतृत्वमा स्मरण पत्र प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएको नेकपा जिल्ला कार्य समितीले जनाएको हो । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको मृत्यु घटना शंकाष्पद् देखिएको भन्दै नेकपाले  निश्पक्ष छानविनको माग गरेको छ ।

गत माघ २१ गते  पार्टीले नै बुधबार साँझ आयोजना गरेको मसाल जुलुसको नेतृत्व गर्न बरहथवामा बसेका थिए । पन्तका अनुसार उक्त मसाल जुलुस सम्पन्न गरेर नयाँरोडतर्फ फर्किने क्रममा वाग्ले मोटरसाईकल दुर्घटनामा परेर मृत भेटिएका थिए । स्वर्गीय डाचाराज वाग्ले  संघीय संसद् विघटन प्रकरण पश्चात प्रचण्ड–नेपाल समूहमा सकृय  थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);