सत्य तथ्य छानबिन हुनुपर्ने नेकपाका प्रचण्ड नेपालको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सत्य तथ्य छानबिन हुनुपर्ने नेकपाका प्रचण्ड नेपालको माग

सर्लाही, ६ फागुन । केपी ओलीको निरंकुशतन्त्र र तानाशाही प्रतिगमनको विरुद्धमा गत माघ २१ गते सर्लाहीको बरहथवा नगरपालिकामा नेकपाले आयोजना गरेको मसाल जुलुस सम्पन्न गरि बागमती फर्किने क्रममा नेपाल कम्युनिस्ट पार्टी९नेकपा० का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व। डाचाराज वाग्लेको मृत्यु शंकास्पद भएकोले घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने नेकपाका अध्यक्षद्वय एवं पुर्व प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्ड र माधव कुमार नेपालले माग गरेको छ ।

सर्लाहीको हरिपुर नगरपालिका(१ हजारविगाहमा नेकपाका सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व। डाचाराज वाग्लेको तेह्रौं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड समूहका केन्द्रीय अध्यक्षद्वयले घटनाको तुरुन्त छानबिन गरि सत्यतथ्य सार्बजनिक गर्नुपर्ने जोडदार माग गर्नु भएको छ । केपी ओलीको निरंकुशतन्त्र र तानाशाही प्रतीगमनको विरोधमा आन्दोलन चलिरहेको समयमा वाग्लेले ज्यानको आहुती दिनु परेको बताउँदै अब अझ सशक्त रूपमा निरंकुशता बिरूद्वको यो आन्दोलनलाई अगाडि बढाउन सम्पूर्ण लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने नेताद्वले आव्हान गर्नुभयो ।

वाग्लेकी जिवन संगिनी सरस्वती मिश्र वाग्ले पार्टी एकिकरणमा दिवंगत नेता कमरेड डाचाराज वाग्लेले महत्त्वपूर्ण भूमिका खेल्नु भएको कुरालाई ओली नेतृत्व सरकारका गृहमन्त्री राम बहादुर थापा बादलले बिर्सेर उहाँले पार्टीको लागि खेल्नु भएको महत्त्वपूर्ण तथा अविश्मणनीय योगदानको अपमान गरेको आरोप लगाउनु भयो । पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठ ,पुर्व मन्त्री रामेश्वर राय यादव,जसपा का नेता एवं निवर्तमान सांसद महेन्द्र राय लगायतका नेताहरुले समेत श्रद्धाञ्जली सभालाई सम्बोधन गरेका थिए। श्रद्वाञ्जली सभाको आयोजना हुने दिनलाई मध्यनजर गर्दै सर्लाहीका हरिपुर , बरहथवा र बागमती नगरपालिकाले तहले९आज० बिहीबार सार्वजनिक बिदा समेत दिएको थियो ।

स्व। वाग्लेले जिल्लाका लागि पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिएको पालिकाका प्रमुखहरुले बताएका छन् । हरिपुर नपा को जानकीनगर घर भएका वाग्ले गत माघ २१ गते राति बरहथवा नगरपालिका( ९ स्थित नयाँरोड(बरहथवा सडकखण्ड अन्तर्गत मूर्तिया जंगलमा रहस्यमय मोटरसाइकल दुर्घटनामा मृत फेला परेका थिए । उक्त दिन पार्टीले बरहथवामा आयोजना गरेको मसाल जुलुसको नेतृत्व गरी मोटरसाइकलमा फर्कँदै गर्दा ९ बजे वाग्ले मृत अवस्थामा फेला परेका थिए ।

वाग्लेको मृत्यु रहस्यमय भएको भन्दै नेकपाका नेताहरुले घटनाको निष्पक्ष छानबिनको माग गर्दै आएका छन् । सो अवसरमा स्व नेता वाग्लेका परिवारका सदस्यहरु सहित पुर्व मन्त्री , निवर्तमान सांसद ,प्रदेश सांसद ,पार्टीका केन्द्रीय कमिटी ,स्थायी कमिटी सदस्य ,स्थानीय तहका प्रमुख ,उपप्रमुख लगायत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);