प्रहरी–विप्लव कार्यकर्ता भिडन्त’ प्रकरण : ‘यो गणतन्त्र होइन, राज्य आतंकतन्त्र हो’ | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

प्रहरी–विप्लव कार्यकर्ता भिडन्त’ प्रकरण : ‘यो गणतन्त्र होइन, राज्य आतंकतन्त्र हो’

police-biplav karyakarta bhidanta

सर्लाही,  ७ असार ।  प्रहरी कारबाहीमा मारिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादीका जनकपुर ब्युरो सदस्य एवं सर्लाही इन्चार्ज कुमार पौडेलका वर्षीय पिता खिलकराज पौडेलले छोराको हत्या भएको दाबी गरेका छन्। ‘निशस्त्र अवस्थामा रहेको मेरो छोरालाई भिडन्तको नाममा हत्या गरिएको छ,’ भावविह्वल अवस्थामा घरमै रहेका पौडेलले नागरिकसँग भने, ‘हिजो छोराको लास हेर्छु भन्दा पनि दिइएन, लास कहाँ लगेर राखिएको छ, अहिलेसम्म प्रहरीले कुनै खोजखबर गरेको छैन।’ राज्यले हत्या आतंक मच्चाएको र आफ्नो छोरालाई प्रहरीले नियोजित रुपमा मारेको पौडेलको आरोप छ।

मृतक कुमारका भाइ हरिकृष्ण पौडेलले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। ‘निशस्त्र व्यक्तिलाई हातमा पेस्तोल थमाएर, दोहोरो भिडन्तको नाममा हत्या गरिएको छ,’ उनले भने, ‘तपाई पत्रकारहरूले निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइदिनोस्।’ निष्पक्ष छानबिनको प्रत्याभूति नभएसम्म दाजुको शव नबुझ्ने समेत उनले बताए। स्थानीय शीतल बोहराले पनि निष्पक्ष छानबिनको माग गरे। ‘घटना शंकास्पद देखिएको छ,’ उनले भने, ‘त्यसैले निष्पक्ष छानबिन हुनुपर्छ।’

वागमती नगरपालिका–२, धरहरास्थित मृतक पौडेलको घरमा शुक्रबार बिहानैदेखि स्थानीय एवं आफन्तको भीड लागेको थियो। राज्यप्रति आक्रोशित उपस्थित सबैले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। बिहीबार दिउँसो २ बजे सर्लाहीकै लालबन्दी नगरपालिका–१ लखन्देही खोलादेखि पूर्व र चन्द्रपुर जंगल पश्चिम सडकमै प्रहरीको गोली लागेर ४७ वर्षीय पौडेलको मृत्यु भएको थियो। पौडेलसहित विप्लवका कार्यकर्ता दक्षिणबाट उत्तरतर्फ गइरहेको भन्ने विशेष सुराकीका आधारमा पछ्याउँदै गएको प्रहरी गस्ती टोलीको कारबाहीमा पौडेल मारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);