आफ्नो छोरालाई बजार पठाएर ३ जनाको हत्या,पछि आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

आफ्नो छोरालाई बजार पठाएर ३ जनाको हत्या,पछि आत्महत्या

death mahila

काठमाडौं,९ फागुन । काठमाडौंको सीतापाइलामा एकै परिवारका ३ जनाको हत्या भएको छ भने एकजना मृत अवस्थामा जंगलमा भेटिएका छन् । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने ईश्वरी श्रेष्ठ,उनकी छोरी अनिशा र उनकै नातिनी सिवानी एकै घरमा मृत अवस्थामा फेला परेका थिए भने श्रीमान राजु घिमिरे भन्ने काजी विक जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

नागार्जुन–६ बैराग टोलमा बस्दै आएका काजीले आफुतिरबाट इश्वरीले जन्माएको छोरालाई पैसा लिन बजार पठाएर अन्य परिवारको सदस्यको हत्या गरेको प्रहरीले अनुमान गरेको छ । प्रहरीको अनुसार इश्र्वरी काजीको दोस्री पत्नी हुन् । ८ वर्षीया छोरी अनिषा ईश्वरीको पहिलो लोग्ने तिरकी छोरी हुन र सिवानी उनकै पहिलो लोग्ने तिरको जेठो छोराको छोरी उनकै नातिनी हुन् ।

उनीहरुबीच लामो समयदेखि नै घरमा विवाद हुँदै आएको थियो । काजीले आफ्ना छोरालाई पैसा लिन पठाएर र उनी आउँदासम्म अरुको हत्या गरिसकेका थिए । कक्षा ८ मा अध्ययनरत छोरालाई घटनाबारे सबै जानकारी दिएर आफु मर्न जाने बताएका थिए ।

छोरालाई मात्र नभई काजीले ईश्वरीका आफन्तलाई पनि सबै जानकारी गराएका थिए । काजीले ज्यामी काम गर्ने र ईश्वरीलाई हम्बर र बच्चाहरुलाई चक्कु प्रहार गरेको जस्तो मृत शरीरमा घाउचोट देखिएको प्रहरीको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);