बैजनाथमा डिजिटल जियोकृषि एप सम्बन्धि अन्तरक्रिया सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

बैजनाथमा डिजिटल जियोकृषि एप सम्बन्धि अन्तरक्रिया सम्पन्न

बाँके, २० मंसिर । बैजनाथ गाउँपालिका आर्थिक बिकाश समिति संयोजक एवं बैजनाथ ४ का वडा अध्यक्ष प्रेम बहादुर शाहीको अध्यक्षतामा बैजनाथ गाउँपालिकाको सभाहलमा मंगलबार डिजिटल कृषि तथा पशु परामर्श सेवा जियोकृषिूएप सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्य अतिथि बैजनाथ ३ का वडा अध्यक्ष निखिल बैगार वडा ५ का वडा अध्यक्ष देब बहादुर रावत ७ नम्बर वडा अध्यक्ष दिनेश कुमार थारु सामाजिक बिकाश समिति संयोजक भुमिसरा राना बन तथा वातावरण समिति संयोजक फरुदिन हलवाई बिधान समिति संयोजक कृष्णा बि क कार्यपालिका सदस्य कमान सिंह सुनार २ नम्बर वडा सदस्य भुमिसरा थापा बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा पशु सेवा शाखा प्रमुख खडक बहादुर सिंह देउराली कृषि सहकारी संस्था लि प्रबन्धक दिपक बि सि लगाएतको उपस्थितिमा जियोकृषि डिजिटल कृषि तथा पशु परामर्श सेवा लुम्बिनी ईन्चार्ज बिनोद बि क र बाँके बर्दिया ईन्चार्ज मुकेश मिश्राले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

जियोकृषि कृषकलाई सान्दर्भिक सूचनाको प्रसारण एवं आधुनिकीकरणका लागी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। किसानको मोबाइलमा म्यासेज अलर्ट तथा मौसम सम्बन्धि जानकारी बालि पशु स्वास्थ्य जाँच र बिज्ञको सल्लाह असल कृषि अभ्यास,कृषि डायरी,मलखादको उचित प्रयोग, बजारमुल्य जानकारी र स्थान अनुरुप स्मार्ट लगाएतको सहजै जानकारी लिन सकिने बिनोद बि क ले जानकारी दिनुभयो ।

बैजनाथ ३ का वडा अध्यक्ष निखिल बैगारले यो कार्यक्रमले अहिलेको बैज्ञानिक युगमा कृषि लाई आधुनिकीकरण र गर्न किसानहरुका समस्या समाधान गर्न जियोकृषिले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले पशु सेवा शाखा र कृषि विकाश शाखाले कृषि र पशुको सूचना समस्याका समाधान गर्न र किसानहरुका समस्या किसान कल सेन्टर मार्फत खेतमा बारीमा बसेर पशुको गोठ घर बाट नै अनलाइन अन्तर्गत सूचना लिन कृषि उत्पादन र दुग्धजन्य पदार्थको मुल्य थाहा पाउन मौसम सम्बन्धि अलर्ट मोबाईलमा म्यासेज आउने बनाउन जियोकृषि एप निर्माण गरिने गाउँपालिका अध्यक्ष शाहीले बताउनुभएको बैजनाथ कृषि विकाश शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार