निरीक्षण तथा ब्रिफिङ कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

निरीक्षण तथा ब्रिफिङ कार्यक्रम सम्पन्न

पोखरा , २८ फागुन । आज कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमज्यू जिल्ला प्रहरी कार्यालय कास्कीमा पाल्नु भई निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रहरी सेवा प्रवाह लगायत विविध समसामयिक विषयमा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।

कास्कीमा भर्खरै सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमज्यू यस जिल्ला प्रहरी कार्यालय कास्कीमा पाल्नु भई परिचालन कक्ष, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, अपराध अनुसन्धान, समुदाय, प्रहरी साझेदारी, कार्य तथा विशेष शाखाहरूबाट सम्पादन भइरहेको प्रहरी सेवा प्रवाहको विषयमा जानकारी लिनु भएको र यस जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ ज्यूले यस कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट सम्पादन भएका कामकारवाही, प्रहरी कार्यालयहरूको अवस्था र समग्र कास्की जिल्लाको हालको शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम ज्यूले उपस्थित सम्पूर्ण कर्मचारीहरूलाई इमानदारीपूर्वक, निष्ठावान् भई व्यवसायिक रुपमा कानून कार्यान्वयन गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने काममा लाग्नुहुन निर्देशन समेत दिनुभएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);