कोरोनाविरुद्धको १० लाख डोज कोभिशिल्ड खोप आज भारतबाट नेपाल ल्याइदैं | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोरोनाविरुद्धको १० लाख डोज कोभिशिल्ड खोप आज भारतबाट नेपाल ल्याइदैं

काठमाडाैं, ९ फागुन । फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमति भए अनुसार कोरोना भाइसरविरुद्धको १० लाख डोज कोभिशिल्ड खोप आज काठमाडौं आइपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतको नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत आज दिउँसो आईपुुग्ने खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा ल्याएर भण्डारण गरिने छ ।

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँरहेका छन् भने अब खाउने खोप सार्वजनिक यातायातका चालक, सहचालक तथा विश्वविद्यालय र विद्यालयका शिक्षकले पनि खोप लगाउन पाउने भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);