एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ

सुनसरी, ८ फागुन । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाँउपालिका ६ स्थित सीमा ईलाकाबाट फागुन ७ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको ईटहरी उपमहानगरपालिका ६ बस्ने २० बर्षिय सुरज चौधरीलाई पक्राउ गरेको छ ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज चौधरीलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोसन एक हजार वटा, स्पास्मो प्रोक्सिभन आठ वटा, डाईलेक्स डिसी दुई बोतल र १ सय ५० ग्राम गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका निज चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);