डडेल्धुरा उपक्षेत्रीय अस्पताल अब पाँचसय शय्याको बन्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

डडेल्धुरा उपक्षेत्रीय अस्पताल अब पाँचसय शय्याको बन्दै

Dadeldhura-hospital.

बिमल जैरु
डडेल्धुरा, ८ चैत । डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पताल डडेल्धुरालाई नेपाल सरकारले संघमा राख्दै विशिष्ट विशेषज्ञ सेवा सहितको स्तरोन्ती गरिने भएको छ । एकसय शय्याको साविकको उपक्षेत्रीय अस्पताललाई आधुनिक सेवा र विशेषज्ञ डाक्टर सहितको पाँचसय शय्याको अस्पतालमा स्तरोन्नती गर्न लागिएको हो ।

सुदूरपश्चिम प्रदेशको सातवटै पहाडी जिल्लाको केन्द्र विन्दुमा रहेको साविकको उपक्षेत्रीय अस्पताल आर्थात हालको उपक्षेत्रीय अस्पताल डडेल्धुराको नाम परिर्वतन गरि डडेल्धुरा अस्पताल बनाएको छ ।

नाम परिवर्तन मात्र गरिएको छैन सेवालाई विस्तार गरी रिफरल सेन्टरका रुपमा विकास गर्न पनि थालिएको छ । एकसय शय्याको क्षमताको अस्पताललाई पाँचसय शय्याको अस्पतालमा स्तरोन्नती गरी विशिष्ट विशेषज्ञ सेवा सहितको अस्पताल बनाइनेछ । यसरी विकास भए सुदूरपश्चिम प्रदेशका विरामीलाई स्वास्थ्य उपचारका लागि सहज हुने चिकित्सकको भनाई रहेको छ ।

डडेल्धुरा अस्पताललाई विशेषज्ञ सेवासहित पाँचसय शय्यामा विकास गर्न थालेपछि स्थानीय वासिन्दा खुशि भएका छन् । आधुनिक सेवाका साथै विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा पाउने भन्दै डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका सातवटै पहाडी जिल्लाका स्थानीय वासिन्दा खुशि भएका हुन् ।

स्तरोन्नती भएसँगै डडेल्धुरा अस्पतलाले २४ सै घण्टा स्वास्थ्य सेवा दिने छ । यसका लागि सुविधा सम्पन्न भवन निर्माण कार्य भइरहेको छ । सरकारले ४५ करोड रुपैयाँको लागतमा अस्पतालको स्तरोन्नती गर्न लागेको हो ।

अस्पताल भवनको ठेक्का भई निर्माण कार्य शुरु भईसकेको छ । वहुवर्षीय योजना अन्तर्गत पहिलो चरणमा अढाई तलाको सुविधा सम्पन्न भवन निर्माण हुनेछ । विशेषज्ञ सेवासहितको अस्पताल बनेसँगै उपचारका लागि धनगढी, नेपालगञ्जसहित भारत जानु पर्ने वाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);