जलेश्वर अस्पताल अब छिटै ५० शय्याको बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जलेश्वर अस्पताल अब छिटै ५० शय्याको बन्दै

महोत्तरी, २७ माघ । महोत्तरीको जलेश्वर अस्पताल अब छिटै ५० शय्याको हुने भएको छ । प्रदेश नं.२ का समाजिक विकास मन्त्री नवल किशोर साहले पर्याप्त भौतिक संरचना भएको र जाँच गराउन आउने रोगीहरुको सँख्या पनि बढी भएकाले अब कुनै पनि हालतमा जलेश्वर अस्पताललाई ५० शय्याको बनाउने दावी गर्नु भएको छ ।

तत्कालिन राजा महेन्द्र शाहबाट २००३ सालमा अञ्चल अस्पतालको रुपमा उद्घाटन भएको महोत्तरी जिल्लाको जलेश्वर स्थित अस्पताल अञ्चलबाट झरेर जिल्ला अस्पताल हुँदै अहिले जलेश्वर अस्पतालमा सिमित छ ।

प्रदेश नं.२का समाजिक विकास मन्त्री नवल किशोर साहले जलेश्वर अस्पताल अब छिटै ५० शय्याको बनाउने प्रतिबद्धता जनाएपछि स्थानीयहरुमा आशा पलाएको छ ।

पर्याप्त भौतिक संरचना भएर पनि राजनीतिक विभेद र अस्पताल प्रशासनको पहलको कमीले गर्दा अस्पतालको स्तोन्नती हुन नसकेको सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले बताउनु भयो ।

भौतिक संरचनामा सुधार भई भवन तथा उपकरणहरुको अभाव नभएपनि अस्पतालमा विरामीको चाँप अनुसार विशेषज्ञ चिकित्सक नहुँदा विरामीहरुलाई अन्यत्र रेफर गर्न बाध्य भएको अस्पताल चिकित्सकको भनाई छ ।

स्तरोन्नती हुनुको साटो अवन्नती हुँदै गएको यस अस्पताल अव भने सुधार हुने आशा देखिएको छ । जलेश्वर अस्पताल ५० शय्याको भएपछि यहाँका स्थानीयहरु उपचारका लागि महँगो शुल्क तिरेर नीजि अस्पताल तथा अन्यत्र जानु पर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);