मुगु जिल्ला अस्पताललाई ५० शय्याको बनाउन मुख्यमन्त्री शाहीसमक्ष ज्ञापनपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मुगु जिल्ला अस्पताललाई ५० शय्याको बनाउन मुख्यमन्त्री शाहीसमक्ष ज्ञापनपत्र

सुर्खेत । जिल्ला अस्पाताल मुगुलाई १५ शय्याबाट ५० शय्याको बनाउन मागसहित कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष ज्ञापनप्रत्र पेस गरिएको छ ।

जिल्ला अस्पताल मुगुमा मुख्यमन्त्री शाहीलाई स्वागत गर्दै अस्पताल विकास समितका अध्यक्ष गजेन्द्रबहादुर मल्लले मुख्यमन्त्री शाहीलाई अस्पतालको स्तरवृद्धि १५ शय्याबाट ५० शय्या बनाउन पहलको लागि ज्ञापनपत्र बुझाएका हुन् । २०६३ सालबाट प्राथमिक स्वास्थ्य केन्द्रको सेवाबाट सूचारु भएको जिल्ला अस्पताल मुगु १५ शय्याको मान्यताका साथ सेवा प्रवाह भइरहेको छ ।

कोरियाली संस्था कोइएकाले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको र केही आवश्यक उपकरण पनि सहयोग गरेकाले जिल्ला अस्पताल १५ शय्याको मान्यता पाएको भए पनि हाल ५२ शय्यासम्म सञ्चालन गरेका अस्पताल विकास समितका अध्यक्ष गजेन्द्र बहादुर मल्लले बताए ।

सुविधासम्पन्न अस्पातल भवन छ । दुई जिल्ला मुगु र हम्लाका बिरामीको चाप जिल्ला अस्पतालमा हुने भएकाले कागजीरुपमा १५ शय्याको मात्र भएकाले ५० शय्याको लागि स्तरवृद्धि गर्न मुख्यमन्त्रीसँग पहल गर्न माग गरिएको अध्यक्ष मल्लले बताए ।

जिल्ला अस्पतालमा सरुवा विभागको छुट्टै भवन हुनुपर्ने भए पनि त्यो नभएकाले संँगै सेवा प्रवाह गर्दा बिरामी मर्कामा पर्ने गरेका छन् । त्यसको लागि पनि बजेट व्यवस्थासहितको माग गरिएको छ । जिल्ला अस्पतालमा खानेपानीको समस्यादेखि चिकित्सक आवास गृह पनि जीर्ण भएको ज्ञापनप्रत्रमा उल्लेख गर्दै त्यसका लागि पनि बजेट व्यवस्थापनको माग गरिएको छ ।

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भए पनि सञ्चालनमा छैन । अक्सिजन प्लान्ट सिलिन्डर व्यवस्थापन तथा ढुवानीका लागि बजेट व्यवस्थापन गर्न, जिल्ला अस्पतालमा औषधि प्रयाप्त छैन, औषधि आपूर्तिका लागि बजेट व्यवस्थालगायत अस्पताल घरेवार कर्मचारीको दरबन्दी माग र करार कर्मचारीका सेवासहित मुख्यमन्त्री शाहीलाई पहल गर्न मागसहित ज्ञापनप्रत्र बुझाएको जिल्ला अस्पताल मुगुका अध्यक्ष मल्ले बताए ।

यसैबीच नेपाल निजामती कर्मचारी युनियन मुगुले पनि कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीसमक्ष विभिन्न माग राख्दै पत्र पेश गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);