जन्डिस बिग्रेर अस्वस्थ भएका वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जन्डिस बिग्रेर अस्वस्थ भएका वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार हुँदै गएको छ । जन्डिस बिग्रेर फेरि अस्वस्थ भएपछि पुनको अहिले चीनमा उपचार भइरहेको छ ।

पारिवारिक स्रोतले पुनको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको जनाएको छ । एक वर्षअघि पनि पुन चीनमा दुई महिना लामो उपचार गरेर फर्केका थिए । चुनाव सकिएलगत्तै उनमा फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनी चीन गएका हुन् ।

यसअघि उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा उपचार गरिएको थियो। अहिले पनि उनको सोही अस्पतालमा उपचार भइरहेको छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);