प्रदेश २ मा कोरोना भाईरसको परिक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

प्रदेश २ मा कोरोना भाईरसको परिक्षण सुरु

janakpur corona test

जनकपुरधाम, २१ चैत । प्रदेश २ मा कोरोना भाईरस (COVID-19 )को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा सेटअप भएको उक्त ल्याबको निरीक्षण प्रदेश २ का सामाजिक विकास मन्त्रि नवल किशोर साहले आज बिहान गर्नुभएको थियो । निरीक्षण लगतै उक्त ल्याब संचालनमा आएको हो ।

उक्त ल्याबको निरीक्षण गर्नुहुँदै मन्त्री साहले यसबाट प्रदेशका जनतालाई केहि राहत पुगेको तथा थप राहतका लागि सप्तरीको राजविराज तथा पर्साको बिरगंजमा पनि कोरोना भाईरस (COVID-19 )को परिक्षण सुरु गर्ने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो – उपकरण खरिद तथा सेटअपका लागि कार्य अगाडी बढिसकेकोले छिटै नै उक्त सेन्टरहरु पनि संचालनमा आउने बताउनुभयो ।

निरीक्षण पश्चात पत्रकारहरुसंग कुरा गर्नुहुँदै मन्त्रि साहले कोरोना भाईरस विरुद्धको लडाईमा संलग्न स्वास्थ्यकर्मीहरुले उच्च मनोबलका साथ लाग्न अनुरोध गर्नुभयो । उहाँले स्वास्थ्यकर्मीको बिमा २५ लाख गर्नुका साथै चिकित्सकको हकमा तलबको १००५, प्राविधिकको हकमा ७५५,र अन्य कर्मचारी हकमा ५०५ भता बढाईएको पनि जानकारी दिनुभयो । परिक्षण शुरु भएको उक्त ल्याबले दैनिक १० वटा केशको परिक्षण गर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);