उच्च ज्वरो र निमोनिया भएकी बिरामीको मृत्यु, स्वाव संकलन गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उच्च ज्वरो र निमोनिया भएकी बिरामीको मृत्यु, स्वाव संकलन गर्ने तयारी

death

भरतपुर, २१ चैत । चितवनको भरतपुर अस्पतालमा उच्च ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राई भएकी जनाइएको छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार राई हेटौंडाबाट रेफर भएर अस्पताल भर्ना हुन आइपुगेकी थिइन् ।बिहीबार राति १ बजेतिर भरतपुर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी राईको पछि सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार शुरु गरिएको थियो । तर, उपचारकै क्रममा राईको मृत्यु भएको तिवारीले जानकारी दिए ।

राईको कोरोना संक्रमणको आशंका स्वाव संकलन गर्ने तयारी भइरहेको तिवारीले जानकारी दिए । अहिले उनको शव अस्पतालमै राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);