हेटौँडामा कोरोनाको परीक्षण हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हेटौँडामा कोरोनाको परीक्षण हुने

corona Kit

हेटौँडा, २१ चैत ।  वागमती प्रदेशको राजधानी हेटौँडामा पनि अब कोरोना भाइरसलगायत अन्य परीक्षण गर्न सकिने भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रमा स्थापना गरिएको प्रयोगशालामा रहेका उपकरणलाई आज प्राविधिक जनशक्तिले परीक्षण शुरु गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोनालगायत विभिन्न प्रकारका जाँच गर्नका लागि पठाइएका सामग्रीको सफल परीक्षण गर्न सकिने भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बताए । उक्त प्रयोगशाला तत्काल सञ्चालन गर्ने प्रक्रियाका लागि संघीय सरकारले दुई जना प्राविधिक खटाएको सामाजिक मन्त्रालयले जनाएको छ ।

यसअघि आइशोलेसनमा रहेका बिरामीको स्वाब परीक्षणका लागि काठमाडौँको टेकु पठाउने गरेकामा अब हेटौँडामै परीक्षण गरिने सो मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);