बागीश्वरी कलेजमा तीनदिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बागीश्वरी कलेजमा तीनदिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु

भक्तपुर, २७ चैत । भक्तपुरमा रहेको बागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा बागीश्वरी कलेज तथा विभिन्न संघसंस्थाका कर्मचारीहरुलाई तीनदिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु भएको छ ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्ुँदै नगर प्रमुख प्रजापतिले विज्ञान र प्रविधिको युगमा कर्मचारीहरु प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुहुँदै व्यक्तिगत स्वार्थको निम्ति काम गर्ने प्रवृत्तिका कारण देश आर्थिक रुपले पछाडि परेको बताउनुभयो ।

समाजको निम्ति काम गर्न प्रेरित गर्नुहुँदै उहाँले तालिमबाट प्राप्त सीप र अनुभवबाट संस्था विकास र प्रगतिको निम्ति अझ राम्रोसँग काम गर्न प्रोत्साहित गर्नुभयो । जुनसुकै क्षेत्रमा काम गर्नेहरुसँग कानुनी ज्ञान हुनुपर्ने बताउनुहुँदै उहा“ले आफूसँग भएको कानुनसम्बन्धी ज्ञानले आफ्नो काम कर्तव्य र अधिकारबारे प्रष्ट हुने बताउनुभयो ।

बागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले कलेज व्यवस्थापन समितिको सकारात्मक निर्णय कार्यान्वयन गर्ने पक्ष कर्माचारीहरुमा भएको हुँदा उनीहरु क्षमतावान हुनुपर्ने आवश्यकताबोध गर्दै कलेजले कर्मचारीको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरेको बताउनुभयो ।

बागीश्वरी कलेज आर.एम.सीका संयोजक सिद्धिबीर कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले धन्यवाद मन्तव्य र कार्यक्रम तयारी समितिका संयोजक शिवबहादुर खुलीमुलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);