डडेल्धुरा उपक्षेत्रीय अस्पतालको सेवा विस्तार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डडेल्धुरा उपक्षेत्रीय अस्पतालको सेवा विस्तार

hospital dadheldhura

डडेल्धुरा, १२ पुस । सुदुरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुराले आधुनिक स्वास्थ्य उपकरण पाएपछी सेवा विस्तार गरेको छ । केयर नेपाल र नेपाल राष्ट्रिय दलित समाज कल्याण सघंले संयुक्तरुपमा अस्पताललाई एक थान पोर्टेबल ‘युभी रे भेन फाइन्डर’ र एक थान ‘एर्टीयल ब्लड ग्याँस एनालाइसीस’ मेसिन प्रदान गरेका छन् ।

उपकरण पाएसँगै अस्पतालका निमित्त मेडीकल सुपरीङटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलले अवबाट अस्पतालको एनआइसीयुको लेभल २ बाट लेभल ३ मा स्तरउन्नती भएको बताए ।

साथै सुदुरपश्मिचका कुनै अस्पतालमा नभएको ‘ऐरटीयल ब्लड ग्यास एनालाइसिस मसिन’ प्राप्त गरेपछि थप सेवा दिन सकिने उहाँको भनाई थियो । सहयोगि संस्थाहरुले अस्पतालको अभाव हटाउन र सर्वसाधारणलाई सेवा पुर्‍याउन सहयोग गरिएको बताएका छन् । दातासंस्थाहरुले पाँच थान पेन्गुइन सक्सन समेत हस्तान्तरण गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले बताएको छ ।

विस्तार भएसँगै बामे सरिरहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराको स्तरउन्नती हुने विश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);