धनगढी विमानस्थलको धावनमार्ग मर्मत सुरु, दिवा सेवाका सवै उडान बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

धनगढी विमानस्थलको धावनमार्ग मर्मत सुरु, दिवा सेवाका सवै उडान बन्द

dhangadi bimansthal

तेज बोहरा
कैलाली, १२ पुस । सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो र व्यस्त धनगढी विमानस्थलको मर्मत कार्य तीब्र पारिएको छ । विमानस्थलको धावनमार्ग मर्मतका लागि मगंलवार देखि दिवा सेवाका सवै उडानहरु बन्द गरीएका छन् ।

धावनमार्ग बन्द गरेरै सुदुरपश्चिमको धनगढी विमानस्थल मर्मत सुरु गरिएको छ । देशकै व्यस्त विमानस्थलहरु मध्ये एक धनगढी विमानस्थल मगंलबार देखि बन्द गरिएको हो । धावनमार्ग मर्मतका लागि बिहान ६ बजे देखि साँझ ६ बजेसम्म विमानस्थल बन्द गरीएको छ । कुल १८ सय मिटर लम्बाई रहेको धावनमार्गको दुई सय ५० मिटर भाग मर्मत भैरहेको छ ।

१० बर्ष पहिले साना जहाजको लागि बनाइएको धावनमार्गमा पछिल्लो समय ठुला विमानहरु उडान÷अवतरण गर्दा पिच बिग्रिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय धनगढीका प्रमुख तेजबहादुर बुड्थापाले बताउनु भएको छ ।

मर्मतका लागि विमानस्थवाट दिइने दिवा सेवाहरु बन्द भएपछि यात्रीहरु भने प्रभावित भएका छन् । काठमाडौं धनगढी काठमाडौं रुटको हवाई उडानबाट दैनिक करिब सात सय जनाले सेवा पाइरहेका थिए । बुद्ध एयरका धनगढी शाखा प्रमुख बुधराम माझीका अनुसार अहिले हरेक दिन साँझ ७२ जनाले मात्रै हवाई सेवा पाईरहेका छन् ।

स्थानीय निमार्ण व्यवसायी नवीन पन्तको टोलीले विमानस्थल मर्मतको जिम्मेवारी पाएको छ । नागरिक उड्डयन प्राधिकरण कार्यालय धनगढीका प्रमुख तेजबहादुर बुढथापाले विमानस्थलको मर्मत कार्य पुस १७ भन्दा अगाडीनै सम्पन्न हुनेगरि काम भैरहेको बताए ।

धनगढी विमानस्थलमा यसअघि बुद्ध, श्री एयरलाइन्स लगायतका वायुसेवा कम्पनीहरुले हवाइ सेवा दिइरहेका थिए । तर अहिले मर्मतको काम चलिरहेकोले वुद्ध एयरलाइन्सले मात्र सेवा दिइरहेको छ ।

काठमाडौंसँग सुदूरपश्चिम प्रदेशलाई हवाई सेवामार्फत् जोड्ने प्रमुख विमानस्थलका रुपमा रहेको यो विमानस्थलको स्तरोन्नतीको काम समयमै हुन सके ठूला जहाजको उडान-अवतरण पनि छिट्टैनै संचालन हुन सक्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);