सुर्खेत विमानस्थल २५ दिन बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सुर्खेत विमानस्थल २५ दिन बन्द हुने

china biman

सुर्खेत । सुर्खेत विमानस्थल २५ दिन बन्द हुने भएको छ । धावनमार्ग मर्मतसम्भार गर्नका लागि विमानस्थल २५ दिनका लागि बन्द हुन लागेको हो ।

धावनमार्ग मर्मतसम्भार गर्नु पर्ने भएकाले १० मंसिरदेखि ५ पुससम्म विमानस्थल बन्द हुने नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ । विमानस्थलको धावनमार्गमा ओभर-ले गर्नुपर्ने भएका कारणले नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियर मुरारी भण्डारीले बताए । ‘विमानस्थल मर्मतसम्भार २५ दिनमा सक्ने योजना बनाएका छौं ।’ उनले भने,‘त्यो अवधिमा नियमित उडान बन्द हुन्छन् ।’

विमानस्थल मर्मतसम्भारका लागि बन्द हुने भएपछि  बुद्ध एयरले नेपालगञ्जमा थप उडान गर्ने जनाएको छ । सुर्खेत विमानस्थल धावनमार्ग  मर्मतसम्भार कार्य अवधिभर सुर्खेतका सम्पूर्ण उडान बन्द रहने र हवाइ यात्रा थप सहजताका लागि नेपालगञ्जको लागि थप एक उडानसहित दैनिक ६ उडान गर्ने बुद्ध एयरले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);