रामेछापमा मृगौलाको निःशुल्क डायलासिस सेवा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

रामेछापमा मृगौलाको निःशुल्क डायलासिस सेवा सुरु

kidney-stock

रामेछाप, १२ पुस । रामेछाप जिल्लामा मृगौलाको निःशूल्क डायलासिस सेवा सुरु भएको छ । सदरमुकाम मन्थलीमा संचालित तामाकोसी सहकारी अस्पतालले बुधबारबाट निशुल्क सेवा सुरु गरेको हो ।

चुजी फाउण्डेसन मलेसियाले उपचारका लागि आवश्यक उपकरण अनुदानमा उपलब्ध गराएपछि केन्द्रीय मृगौला उपचार केन्द्रसँगको सहकार्यमा अस्पतालले सेवा आरम्भ गरेको हो । मन्थली मिर्गौला उपचार केन्द्रमार्फत सुरु भएको डायलासिस सेवा पाँचवटा मेसिनबाट दैनिक १५ जनाले पाउने छन् ।

रामेछापबाहेक पूर्वमा विराटनगरमा मात्र डायलासिस सेवा भएकोले सोलुखुम्बु, ओखलढुंगा, दोलखा, सिन्धुली, महोत्तरी लगायतका जिल्लाका विरामीलाई पनि उपचारको लागि मन्थली पायक पर्नेछ । रामेछाप जिल्लामा मात्रै एकसय ५० भन्दा बढी मिर्गौला रोगी भएको अवस्थामा डायलासिस सेवाले सहज हुने विश्वास लिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);