सुदूरपश्चिम प्रदेशमा मृगौलाको उपचार कठिन | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

सुदूरपश्चिम प्रदेशमा मृगौलाको उपचार कठिन

kidney-failure

पदमराज भट्ट
कैलाली, ९ असोज । सेती प्रादेशिक अस्पतालमा डायलासिसको सुविधा भए पनि मृगौलाको फिस्टुला भर्न भने भारत वा नेपालगञ्ज जानुपर्ने बाध्यता छ । मेसिन अनि विषेशज्ञको अभावले गर्दा विरामीहरुले डायलासिसका लागि निकै सास्ती खेप्नु परेको छ ।

डायलासिस सेवा लिने बिरामीको चाप धेरै हुँदा पालो पाउनै मुस्किल हुने गरेको बिरामीहरुको गुनासो छ । डायलासिस गराउन अगाडीका सबै उपचारहरु सुदूरपश्चिमभरी कुनै पनि अस्पतालमा सम्भव नभएकाले पनि विरामीहरु डायलासिस र मृगौलाको फिस्टुला भर्न भारत वा नेपालगञ्ज जानुपर्ने बाध्यता छ ।

सेती अस्पतालमा डायलासिसका लागि २ सय ५० जना विरामीले नाम दर्ता गराएका छन् । तर सेवा प्रभावकारी नभएपछि अधिकांस अहिले सम्पर्क बिहिन छन् । हाल साप्ताहिक रुपमा ५० जनाले सेवा पाईरहेका छन् ।

विगतमा सेती अस्पताल आफैले डायलासिस सञ्चालन गरेपनि २०७४ को चैतदेखि भने नीजि क्षेत्रलाई जिम्मा दिएको छ । अस्तालसंगको सम्झौतामा सुरुवातमा १० वटा मेसिनबाट सेवा प्रवाह गरिएपनि विरामीको चापलाई मध्यनजर गर्दै मेसिन तथा जनशक्ति विस्तार गर्ने योजना रहेको सेती अस्पतालले जनाएको छ ।

प्रदेशमै सहज उपचार नभएपछि एक सय ३० जना विरामी सुदूरपश्चिम बाहिर गएर डायलासिस गराईरहेको तथ्याङ्कले देखाएको छ । सेती अस्पताल बाहेक प्रदेशका अन्य कुनै अस्पतालमा यो सेवा उपलव्ध छैन् । प्रदशमै मृगौलाको सहज उपचारका लागि प्रदेश सरकारले पहल गर्न सकेको छैन ।

विरामीको अत्याधिक चापका कारण सेती प्रादेशिक अस्पतालमा सञ्चालनमा रहेका ६ वटा मेसिन अपुग भएको छ । मेसिनका साथै जनशक्तिको अभावले गर्दा पनि विरामीहरुले सहज सेवा पाउन सकेका छैनन् । प्रदेशका अन्य स्थानमा पनि डायलासिस सेन्टर खोल्न र फिस्टुला भर्न सुदूरपश्चिम प्रदेश सरकारले तदारुकता देखाउन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);