बैतडीमा डेंगु रोग सम्बन्धि सचेतनामूलक अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बैतडीमा डेंगु रोग सम्बन्धि सचेतनामूलक अभियान

DENUGE baitadi

प्रेम भाट
बैतडी, ८ असोज । मुलुकमा डेंगुको संक्रमण फैलिरहेको समयमा सरकारी तथा गैरसरकारी पक्षहरुबाट नियन्त्रणका विभिन्न प्रयासहरु भईरहेका छन् । यसैक्रममा सुदूरपश्चिम बैतडीमा पनि सचेतनाको अभियान थालिएको छ । बैतडीमा पनि डेंगुको संक्रमण फेला परेपछि बैतडी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय सरोकारवाला निकायहरुको सहभागीतामा जनचेतना लगायत लार्भा नष्ट गर्ने अभियान थालेको हो ।

जताततै फैलिरहेको डेंगु रोकथाम गर्नका लागि राज्यपक्षबाट विभिन्न अभियानहरु थालनी भैरहेको सन्र्दभमा बैतडी स्वास्थ्य कार्यालयले पनि सचेतनामूलक अभियान थालेको छ । जिल्लामा डेंगु रोगको संक्रमण भएका बिरामी भेटिएपछि सरोकारवाला निकायहरुको सहभागीतामा यो अभियान थालीएको हो । डेंगुको संक्रमण भेटिएपछि यस्को बारेमा आम नागरिकहरुलाई सचेतना दिलाउनका लागि जिल्लाका १० वटै स्थानीय तहहरुमा लार्भा नष्ट गर्ने अभियानको थालनी गरिएको छ ।

बैतडीमा हाल ६ जनामा डेंगुको संक्रमण देखिएको छ । दशरथ चन्द नगरपालिका वडा नं. १० मा मात्रै ३ जनामा डेंगु रोगका संक्रमितहरु देखिएपछि नगरपालिकाले स्वास्थ्य कार्यालय मार्फत किट र झुल वितरण गरेको छ ।

नगरपालिका भित्र डेंगुका संक्रमित भेटिएपछि नगरपालिकाले ११ वटै वडाहरुमा चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने अभियान थालेको छ । जिल्लाको पश्चिम तिर रहेको दशरथचन्द नगरपालिकाका सबै टोलटोलमा गएर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्नुका साथै डेंगु रोगबाट बच्ने उपायहरुबारे आम नागरिकहरुलाई जनचेतना फैलाउने कार्यलाई प्राथमिकतामा राखेको नगरपालिकाले जानकारी दिएको छ ।

नेपालमा ६० भन्दा बढी जिल्लाहरुमा फैलिएको डेंगुले आधा दर्जन भन्दा बढी ज्यान लिईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);