प्रधानमन्त्री ओलीको दोस्रोपटक मृगौलाको डायलासिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

प्रधानमन्त्री ओलीको दोस्रोपटक मृगौलाको डायलासिस

kp oli

काठमाडौं, १४ कात्तिक । स्वास्थ्यमा समस्या आएपछि बुधबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक मृगौलाको डायलासिस शुरु भएको छ ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकको टोलीले दोस्रो पटक मृगौलाको डायलासिस गरिरहेका छन । प्रधानमन्त्रीलाई बुधबार आईसीयूमा राखेर पहिलो डायलाइसिस गरिएको थियो ।त्यसबाट अपेक्षित सुधार नदेखिएका कारण अस्पतामा भर्ना गरेर आज पुनःडायलाइसिस भइरहेको नेकपाका नेता भीम रावलले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको रगतमा क्रियाटिनको स्तर सामान्य भन्दा निकैनै माथि देखिनुका साथै ’लो ग्रेड’ ज्वरो पनि आइरहेको जनाइएको छ । प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया र परीक्षण रिपोर्टलाई गोप्य राखिएको छ ।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्राध्यापक डाक्टर दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचारप्रक्रियाका लागि भर्ना भएको उल्लेख थियो।