बञ्चरेडाँडामा थुप्रिएको फोहोर व्यवस्थापनको दायित्व काठमाडौं महानगरको : मन्त्री राई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बञ्चरेडाँडामा थुप्रिएको फोहोर व्यवस्थापनको दायित्व काठमाडौं महानगरको : मन्त्री राई

mantri rai

ललितपुर,  १४ कात्तिक । सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले नुवाकोटको बञ्चरेडाँडामा थुप्रिएको फोहोरको व्यवस्थापन गर्ने दायित्व काठमाडौं महानगरपालिका लगायतका स्थानीय तहको भएको बताउनु भएको छ ।

बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री राइले बञ्चरेडाँडामा थुप्रिएको फोहोरको उचित व्यवस्थापन गर्न स्थानीयले दवाव दिईरहेका बेला संविधान अनुसार काठमाडौं महानगरपालिका लगायतका स्थानीय तहले नै सो डाँडाको फोहोर व्यवस्थापन गर्नुपर्ने तर्क गर्नु भएको हो । उहाँले बञ्चरेडाँडाको फोहोर व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको भएपनि त्यसको जिम्मेवारी आफ्नै मन्त्रालयले लिनुपर्ने बाध्यता आएको गुनासो गर्नु भयो ।

मन्त्री राईले विभिन्न मन्त्रालयबीचको अधिकार क्षेत्रमा देखिएका विवादका कारण पनि बञ्चरेडाँडाको फोहोर व्यवस्थापनमा कठिनाई भईरहेको उल्लेख गर्नुभयो ।

मन्त्री राईले सरकारले फोहोर व्यवस्थापन हुनेगरी आधुनिक सहरको बस्ती व्यवस्थापनको कामलाई अघि बढाएको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);