प्रहरीको गोली लागी कपिलवस्तुमा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

प्रहरीको गोली लागी कपिलवस्तुमा एकको मृत्यु

goli parahar

कपिलवस्तु, १४ कात्तिक । कपिलवस्तुमा कर्फ्यू आदेश उल्लंघन गरेको भन्दै प्रहरीले गोली चलाउँदा स्थानीय कृष्णनगर नगरपालिका–२ का सुरजकुमार पाण्डेको मृत्यु भएको छ। प्रशासनले आज बिहान ११ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको जनाएको छ ।

कर्फ्यू कृष्णनगर बजारको भन्सार कार्यालयको उत्तर ७ सय मिटरदेखि, पश्चिम ७सय मिटर र पूर्व ३सय मिटर क्षेत्रमा लागु गरिएको छ। बुधवार साँझ लक्ष्मी मूर्ति सेलाउने विषयमा विवाद पछि झडप भएको थियो झडप पछि १०–१२ वटा मूर्ति सेलाउन अझै बाँकी रहेको जनाइएको छ ।

लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुसलमान पक्षबीच विवादका कारण झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

९ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

९ घन्टा अघि

Duel Bet: The Casino Showdown

९ घन्टा अघि