सहीद धर्मभक्त केन्द्रले डायलासिस सेवा दिदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सहीद धर्मभक्त केन्द्रले डायलासिस सेवा दिदै

sahit dharmabhakt Pratyaropan-hospital

काठमाडौं, १२ वैशाख । लकडाउनको समयमा पनि भक्तपुरको सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गाैलाका विरामीलाई डायलासिस सेवा दिइरहेको छ ।

लकडाउनका कारण सुरुका दिन डायलासिसको समय घटाएको भएपनि अहिले केन्द्रले नियमित सेवा दिइरहेको छ । ३० वटा डायलासिस मेसिनबाट सेवा दिइरहेको केन्द्रमा अहिले दैनिक ७५ जना मृगौलाका विरामीले डायलासिस सेवा लिइरहेका छन् । दैनिक तीन सिफ्ट गरेर मृगौलाका बिरामीहरुको डाइलासिस गर्दै आएको केन्द्रले जनाएको छ ।

केन्द्रमा डाइलासिस गराउने प्रतिक्षा सूचीमा अझै १ सय ८७ बिरामीहरु रहेको अस्पतालले जनाएको छ । केन्द्रमा अन्तरंग र शल्यक्रिया बाहेकका सबै सेवा लकडाउनको समयमा पनि सञ्चालनमा रहेका केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो । केन्द्रमा आकस्मिक डाइलासिस गर्नुपर्ने बिरामीहरु पनि आउने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);