राज्यमन्त्री र मेयरलाई पक्राउ गर्न अदालतको पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राज्यमन्त्री र मेयरलाई पक्राउ गर्न अदालतको पत्र

janakpur-high-court

जनकपुरधाम, १९ साउन । उच्च अदालत जनकपुरले असई थमन विकका हत्या आरोपी प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र (शंकर शाही) लाई गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेशको फैसलासहित पत्र काटेको छ ।

उच्च अदालतका रजिस्टार मानबहादुर कार्कीले फरार सबै आरोपीलाई गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी र कार्यालय प्रमुखको नाममा फैसलासहित पक्राउ गर्न पत्राचार गरिएको बताए ।

साउन १७ गते उच्च अदालतले हुलाकमार्फत पठाएको गिरफ्तार गर्ने पत्र जिल्ला प्रहरी कार्यालयले साउन १८ गते दिउँसोसम्म प्राप्त गरेको छैन । प्रहरी उपरीक्षक कडायतको भने सरुवा भएको छ । उनको ठाउँमा प्रहरी उपरीक्षक ईश्वर कार्की आउने भएका छन् ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले असई विकको हत्या आरोपीलाई अविलम्ब गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी र त्यसका प्रमुखको नाममा परमादेश जारी गरेका थिए ।

परमादेशमा आरोपीलाई गिरफ्तार गर्न जिल्ला अदालत महोत्तरीको आदेश अटेरी गरेका महोत्तरी प्रहरीलाई उच्च अदालतले ‘कानूनको धज्जी नउडाउन’ समेत सचेत गराएको छ ।

सशस्त्र प्रहरीका असई विकको हत्याका आरोप लागेका अभिराम शर्मा प्रदेश २ को समाजिक विकास राज्यमन्त्री हुन् भने अर्का आरोपी रामशंकर मिश्र (शंकर शाही) जलेश्वर नगरपालिकाका निर्वाचित प्रमुख हुन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);