१४ वर्षीया बालिका प्रियंका भुजेलका हत्यारा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१४ वर्षीया बालिका प्रियंका भुजेलका हत्यारा सार्वजनिक

राजिव शाह,
सर्लाही ।
सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगंजकी १४ वर्षीया बालिका प्रियंका भुजेलका हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जबर्जस्ती करणी गरी हत्या गर्ने सोही स्थानका १९ वर्षीय कृष्ण साह र अन्दाजी १९ वर्षीय अनिष दाहाललाई प्रहरीले पत्रकार सम्मलेन गरेर सोमवार साँझ सार्वजनिक गरेको छ ।

दुबैले जबर्जस्ती करणी गरी हत्या गरेको प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिएका छन् । भदौ १ गते पक्राउ परेका दुबै अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

साउन ३१ गते राति साढे ११ बजेदेखि प्रियंका घरबाट हराएकी थिइन् । प्रियंकाको बुबा राजेश भुजेलले ३२ गते इलाका प्रहरी कार्यालय लालबन्दी छोरी हराएको भन्दै खोजविन गरी दिनका लागि उजुरी दिएका थिए ।

प्रहरीले गाउँका विभिन्न व्यक्तिसँग सोधपुछ गर्दै गर्दा सोही दिनदेखि गाउँको दुईजना युवा पनि वेपत्ता बनेको बताइएको थियो । त्यसपछि प्रहरीले प्रहरीले साह र दाहाललाई पक्राउ गरेको हो । पक्राउ परेका युवासँग सोधपुछ गर्दै जाँदा प्रियंकाको शव लालबन्दी ६ स्थित पूर्व पश्चिम राजमार्गमा पर्ने कालिन्जोर खोला पुल भन्दा २ सय मिटर दक्षिणको बगरमा गाडेर राखेको बताएका थिए ।

त्यसपछि प्रहरीले अभियुक्त, प्रियंकाको बुबा, जनप्रतिनिधिलाई लिएर खोज्न जाँदा शव सोही स्थानमा भेटिएको थियो । युवाहरुले भनेकै स्थानमा शव फेला परेपछि घटनामा उनीहरुको संलग्नता रहेको भन्दै जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद लिएर अनुसन्धान गर्न थालेका थिए ।

अनुसन्धानको क्रममा युवाहरुले भुजेलसँग साउन ३१ गते राति साढे ११ बजे भेट्न गएको स्वीकार गरेका छन् । युवाहरु घर पछाडी जादाँ प्रियंका पनि आएकी थिइन् । त्यसपछि घरपरिवारले घर पछाडी अवाज सुनेपछि हो–हल्ला गरेका थिए । त्यसपछि युवाहरु र प्रियंका त्याहाँबाट भागेका थिए । भागेर जंगलमा पुगेका अभियुक्तहरुले प्रियंकालाई घर जान दबाब दिएका थिए ।

प्रहरी अनुसन्धान अनुसार प्रियंकाले घर परिवार र समाजले थाहा पाइसकेकाले घर जान मानेकी थिइनन् । साथै अनिष दाहालसँगै जाने अडान लिएकी थिइन् । तर अनिषले नलगेपछि आत्म हत्या गर्छु भन्दै खोलामा हाम फालेकी थिइन् । अभियुक्त कृष्ण साहले ’तँ मर्ने हो भने म मारिदिन्छु’ भन्दै घाँटी थिची मार्न खोजेका थिए ।

यसपछि दुबै अभियुक्तले खोलाको पानीमा डुबाई कर्तव्य गरी शवलाई घटनास्थलबाट २ सय मिटर उत्तरमा शवलाई बगरमा गाडेको प्रहरी उपरीक्षक राठौरले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

प्रहरीको अनुसन्धानमा प्रियंका र अनिषको पहिलेदेखि नै सम्बन्ध रहेको समेत खुलेको छ । दुबैजनाको मोबाइल कल डिटेल चेक गर्दा पहिलेदेखि नै दुबैजनाको सम्बन्ध रहेको भेटिएको छ । प्रियंकाको हत्या भएपछि स्थानियवासी र विद्यार्थी संगठनहरुले जिल्लाको विभिन्न स्थानमा हत्याराको कार्वाहीको माग गर्दै विरोध प्रदर्शन समेत गर्दै आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);