बलात्कारका घटना बढे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बलात्कारका घटना बढे

rape

काठमाडौं, १९ साउन । विगत एक हप्ताको अवधिमा पाँच वटा बलात्कारका घटना सार्वजनिक भएका छन् । समाजमा यस्ता घटना बढ्नुमा एकथरि सामाजिक मान्यतामा आएको विचलन वा छाडापन जिम्मेवार ठान्छन् भने महिला अधिकारकर्मी फितलो कानुन र थोरै सजायलाई दोष दिन्छन् ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका उल्टेखामकी १३ वर्षीया एक किशोरीको बलात्कारपछि निर्मम हत्या घटनाको अनुसन्धान नहँुदै कैलालीको टीकापुर, भक्तपुरको थिःमि, काभ्रेको तिमाल र रोल्पामा पुनः यस्तै घटना दोहोरिएका छन् ।

गत शुक्रबार ११ गतेदेखि एक हप्ताबीचमा पाँचवटा जबर्जस्ती करणीका घटना भएका छन् । जबर्जस्ती करणीका घटना वृद्धि हुनुमा यौन कुण्ठासँंगै आर्थिक प्रलोभन, डरधम्की, त्रास र सामाजिक विचलनको सङ्ज्ञा दिएको छ ।

बलात्कार जस्ता अपराध दिनप्रति दिन बढ्दै गएको पाइन्छ, काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँमा गरी तीन जिल्लामा आर्थिक वर्ष २०७४-७५ मा ६१० वटा जबर्जस्ती करणीको उजुरी परेका थिए । तीमध्ये १५५ घटना करणीको प्रयास भएको उल्लेख छन् । जबर्जस्ती करणीपछि २५ प्रतिशत महिलाको हत्या हुने गरेको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार, प्रत्यक वर्ष नेपालमा जबर्जस्ती करणीका घटनामा वृद्धि भइरहेका छन् । प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले दिएको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७२-७३ मा एकहजार ९३, २०७३-७४ मा एकहजार १३४ र २०७४-७५ सालमा एकहजार ४८० वटा बलात्कारका घटना भएका छन् ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);