लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान : मानवअधिकारवादीलाई गिज्याउने 'पर्व' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान : मानवअधिकारवादीलाई गिज्याउने ‘पर्व’

महोत्तरी। सन् १९६० डोमेनिक गणतन्त्रका मिराबेल परिवारका तीन दिदीबहिनीलाई तत्कालिन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गर्‍यो । पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको गम्भीर अपराधकाे रुपमा सम्झनास्वरुप १६ दिने अभियान विश्भवर नै मनाइदै आएको छ। नेपालमा पनि हरेक वर्षको ९ देखि २४ मंसिरसम्म मनाइने यस अभियानमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरिन्छ । वर्षाैदेिख अभियान चलाए पनि महिलाका समस्या भने ज्यूका त्यूँ छन् । दुरदराजमा अहिले पनि  लैङ्गिक हिंसाका घटनाहरू कम भएका छैनन् । दुरदराजमा मात्रै हाेइन सुगम मानिएकाे महोत्तरी मै भएकाे एक घटनाले अभियान र अधिकारवादीहरूलाई गिज्याइरहेकाे भान हुन्छ ।

औरही नगरपालिका बस्ने नेहा चौधरी अहिले आफ्नै डाक्टर श्रीमानसँग दाइजोकाे निहुँमा उब्जिएकाे क्लेसविरुद्ध लडिरहेकी छिन् । चिकित्सक श्रीमानबाट दाइजो नल्याएको निहुँमा पटक-पटक शारीरिक र मानसिक यातनाको शिकार बनेकी चौधरी न्यायको लागि हार गुहार मागिरहेकी छिन् ।  यो त शिक्षित परिवारबाट मधेशी  महिलाले हिंसा भोग्नुपर्ने एक प्रतिनिधि उदाहरण मात्रै हो । चौधरीकाे जस्तै हिंसात्मक घटना ब्यहाेर्ने जिल्लामा कयौँ महिला छन् । जसकाे जुनसुकै बेला ज्यान जाने वा गुमाउने अवस्था छ।

महिला हिंसासम्बन्धी भएका पछिल्लो तीन वर्षको तथ्यांकलाई केलाउने हाे भने पनि महोत्तरी मधेश प्रदेश मै सबैभन्दा अगाडि छ । महाेत्तरीमा आर्थिक वर्ष २०७७/०७८ मा महिला हिंसासँग जोडिएका ३२७ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए ।

त्यसमध्ये २५८ वटा फर्स्यौट भएका छन् भने ३९ वटा मुद्दालाई अन्य निकायमा स्थान्तरण गरिएको छ। ३० वटा मुद्दा अझै फर्स्यौट हुन बाँकी छ।

जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मुद्दालाई मात्र आधार मान्ने हो भने आर्थिक बर्ष २०७८/०७९ महिला हिंसाका घटनामा वृद्धि भएर ४५६ वटा पुगेका छन् । यीमध्ये ५४ वटा मुद्दा  किनारा लगाउन अझै बाँकी छ । ११७ मुद्दा अन्य निकायमा सारिएको छ, ४५६ वटा मुद्दा  फर्स्यौट भैइसकेका छन् ।

अझ आर्थिक बर्ष २०७९/८० मा यो संख्यामा निकै वृद्धि हुने देखिन्छ । आर्थिक वर्षको प्रारम्भमा नै १४६ वटा मुद्दा  जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता भैइसकेको महोत्तरी प्रहरीले जनाएको छ । यसमध्ये ६३ वटा फर्स्यौट भएका छन्, ६ वटा मुद्दा  अन्य निकायमा पठाइएको छ, ७६ वटा मुद्दामा अझै अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

दर्ता भएका घटना यति कहालीलाग्दा छन् की महिलाहरू चरम शाेषणको कठोर पीडाले आत्महत्या मात्र गरेका छैनन, कतिपय घटनामा ज्यूदै आगो लगाइएको समेत छ । यसमध्ये जबर्जस्ती करणीका घटना समेत अधिक छन् ।

आर्थिक वर्ष २०७९/८० को उतरार्धमा नै जबर्जस्ती करणीका ११ वटा मुद्दा दर्ता भैइसकेका छन् । यसअघिको तथ्यांक हेर्ने हो भने  जबर्जस्ती करणीका घटना अधिक छन् । आर्थिक वर्ष २०७७/७८ र २०७९/८० मा क्रमशः ४१ र २३ वटा छन् ।

त्यसो त जबर्जस्ती करणीका घटनामात्र हाेइन कहिले दाइजोको नाममा, कहिले बहुविवाहका नाममा, कहिले बोक्सीको आरोपमा महिला प्रताडित बनिरहेका छन् ।

अन्धविश्वास र गलत संस्कारको कारण बोक्सीको आरोपमा महिला हिंसाका घटना पछिल्लो तीन वर्षमा मात्र आठ वटा दर्ता भएका छन् । आठै वटा घटनाका अभियुक्त पुर्पक्षका लागि थुनामा छन् ।

तर, थोरै महिलाले मात्रै शारीरिक र मानसिक यातनाको प्रतिकार गरेको र धेरै महिला अझै घरको चौघेराबाट बाहिर निस्कन नसकिरहेको महिलासमबन्धी काम गर्ने सामाजिक संस्था माण्डवीले जनाएको छ ।

माण्डवी की महोत्तरी संयाेजक प्रियङ्का ठाकुर लुकेका र लुकाइएका महिला हिंसाका घटना महोत्तरीमा  प्रशस्त रहेको बताउँछिन् ।

दाइजो नल्याएको निहुँमा दोश्रो विवाह गर्ने पनि यहाँका पुरुषमा संस्कार नै बनेको छ । पछिल्लो तीन वर्षमा बहुविवाहका मात्र ३३ वटा घटना छन् । यी त महिलाले खुलेर जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका घटना हुन् । धेरै घटना त पारिवारिक दबाबका कारण घरभित्रै लुकाइएका छन् । बालविवाहलाई पनि लैङ्गिक हिंसाअन्तर्गत राखिएको छ । मधेशमा महिलाको सानै उमेरमा विवाह गर्नु पुरानो संस्कार जस्तै छ । धेरैजसो महिलाले जिल्लामा १५ वर्षभन्दा कम उमेरमा नै विवाह गरेको उदाहरण छन् ।

बालविवाह कै कारण विभिन्न स्त्रीजन्य रोगको शिकार बनेका निकै कमजोर छन । जिल्ला प्रहरि कार्यालय तथा माण्डवि संस्थाको तथ्यांकअनुसार जिल्लामा पछिल्लो ३ बर्षमा ३ वटा मात्र घट्ना छन । यसरी हेर्दा बालविवाहमा भने केही कम आएको प्रहरीको निष्कर्ष छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);