महिला हिंसा अन्त्यको सार्थकता बारे सोच्ने कि ? | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

महिला हिंसा अन्त्यको सार्थकता बारे सोच्ने कि ?

रचना श्रेष्ठ

विश्वभर प्रत्येक ३ मा १ महिला आफ्नै सबै भन्दा नजिकको व्यक्तिबाट शारीरिक वा यौनिक हिंसाको शिकार हुने गरेको पाईएको छ । नेपालको सन्दर्भमा यो संख्या अझ बढी रहेको विज्ञहरूको राय छ । दुःखको कुरा, २१ औँ शताव्दीसम्म आईपुग्दा पनि हिंसा कम हुनुको सट्टा यसको स्वरूप परिर्वतन हुदै झन विकराल बन्दै फस्टाएको छ ।
हरेक वर्ष २५ नोभेम्वर देखि १० डिसेम्वर अर्थात १६ दिन लैङ्गिक हिंसाका विरूद्ध ऐक्यवद्धता जनाउन र जनचेतना बृध्दिका लागि विभिन्न कार्यक्रमहरू आयोजना हुने गरेका छन् ।

यस वर्ष पनि मंसिर १० गते बुधबारबाट महिलामाथि हुने हिंसाविरूद्धको यो अन्तर्राष्ट्रिय दिवसलाई संयुक्त राष्ट्रसंघको आह्वानमा १६ दिनसम्म विश्वभर विभिन्न कायक्रम गरि मनाइदै आएका छन् । क्यारेबियन मुलुक डोमिनिकन गणतन्त्रमा राजनीतिक कार्यकर्ता तीन दिदीबहिनीको हत्याविरूद्ध अन्तर्राष्ट्रिय ऐक्यबद्धतास्वरूप यो दिवस विश्वभर मनाउन थालिएको हो ।

यो दिवस नेपालमा पनि २०५४ सालदेखि लैङ्गिक हिंसाविरूद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरू गरिएको हो । यस वर्ष नेपालले पनि orange the world, End violence against women अन्तर्राष्ट्रिय नारा सहित १६ दिन मनाउँदै छ । महिलामाथि हुने हिंसाविरूद्ध सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको स्पष्ट छ । पछिल्लो विश्वको अवस्था हेर्ने हो भने कोभिड १९ महामारीबाट विश्वभरको डेढ करोड महिला घरेलु हिंसामा परेको नयाँ तथ्याङ्क छ । यतिखेर संसार भरिका महिलाको अवस्था झनै डरलाग्दो अवस्थामा छ ।

यद्यपी, महिलाका नाममा मनाईने यो जस्तै अन्य थुप्रै दिवसहरु पनि छन् तर, महिला हक हित अधिकार र स्वतन्त्रताका कुरा उठेपनि व्यवहारमा यसलाई कति लागु गरियो त्यो भने महत्वपूर्ण पक्ष हो ।

हिंसाको दोहोरो मारमा महिला

आजको दिनसम्म पनि महिलाहरू हिंसाको दोहोरो मारमा छन् । घर बाहिर कोरोनाको डर र घर भित्र आफ्नै मानिसको हातबाट हुने हिंसाको डर बढ्दो छ । महिला र बालबालिकाहरू परिवारभित्रै वा आफन्तहरूबाट समेत जोखिममा छन् । सबै प्रकारका हिंसा मध्ये घरेलु हिंसाको अवस्था अझै डरलाग्दो छ । कोभिड १९ को प्रकोपले धेरै देशमा घरेलु हिंसा भएको तथ्याङ्क सार्वजनिक भएको छ । हिंसाबारे उजुरी गर्ने हेल्पलाइनहरूमा विगतको तुलनामा टेलीफोन कलबाट उजुरी बढ्यो । त्यसरी आएको उजुरी अहिलेसम्मकै धेरै भएको बिबिसिको तथ्याङ्कले देखाएको छ ।

कोभिड १९ पछि हिंसा बढ्नुमा घरको मुल मान्छेले रोजगारी गुमाउनु मुख्य रहेको पाईएको छ । मादक पदार्थ सेवन गरेर कुटपीट गर्ने, बलात्कारसँगै हत्या गर्ने घटनाहरू प्नि धेरै बढ्ेको छ । यस्ता खालका घटनाहरूले महिला र बाल बालिकाहरूमा ४० प्रतिशतसम्म असर गर्ने गरेको अध्ययनले देखाएको छ । यसखाले हिंसा शारिरिक, मानसिक, धार्मीक ,संवेगात्मक लगायत विविध रुप र प्रकृतीमा देखिने गरेकाछन् । साथै हिंसा गरिने प्रकृयामा पनि फरकपन देखिन्छ । लअझ बढी त विशेष गरि गरिब र असहायमाथीे शक्ति र पहुँचवालाले गर्ने हिंसाको रूप डरलाग्दो छ ।

अज्ञानतावश नाबालाकहरूले पनि आफुले चिताएको वा आफनो आकांक्षा पुरा नहुँदा प्रतिशोधको भावनाले पनि हिंसाका घटनाहरू घटाएका पाइन्छन् । त्यस्तै बदलाकै भावनाले हुने हिंशामा बलात्कार र एसिड आक्रमण लगायतका थुप्रै हिंसा छन् ।

?१६ दिने अभियान र यसको औचित्य ?

१६ दिने अभियानले लैङ्गिकताका आधारमा हुने सबै प्रकारका हिंसा र अपराधलाई अन्त्य गर्न प्रचारात्मक र नैतिक साहस प्रदान गर्दै आएको अभियन्ताहरूको दावी भने यथार्थ परक छैन । हिंसा रहित समाज निर्माण गर्न दुई हप्ते अभियान पर्याप्त छैन । हामीले जति नै अभियान सञ्चालन गरे पनि, व्यवहारमा त्यसको प्रभावको मुल्याङकन भएन । यतातिर कसैक्ँे ध्यान गएन । यसैले यता पनि सोच्ने की ? अभियन्ताहरूले यो सोच्न जरूरी छ । यस्तो अभियान दिवसमा मात्र सिमिति हुनुहँदैन । नेपाल आफैमा विविधिता बोकेको मुलुक हो । भौगोलिक, साँस्कृतिक र सामाजिक परिवेशले पनि महिला तथा बालबालिकामाथी हुने हिंसाको प्रकृति बदल्छ ।

के गर्न सकिएला ?

हामीले महिला तथा बालबालिकालाई दिने शिक्षामा कहिल्यै विभेद, हिंसा र यौन हिंसा बारे खुलेर पढायौं ? हाम्रो शिक्षा नितीमा यी विषयहरु सानै कक्षाबाट समावेश किन गरेनौं ? के अब मुलुकको शिक्षानीति परिवर्तन बेला भएन ? संस्कृतिको धनी मुलुक हामी हामीले नै संस्कृति सँगै आफ्ना बालबालिकालाई संस्कार सिकाउन कति सक्यौं ? मनन् गर्नु विषयरू हुन् । फरक लिङ्गका मानिसले आफु भन्दा फरक लिङ्गका मानीसलाई गर्नुपर्ने व्यवहार, समानता र सहमतिका कुरा सिकायौ ? यस्ता कुरामा हामीले ध्यान दिन सक्यौं भने पनि महिला र बालबालिकामा हुने हिंसा न्युनिकरण गर्न सकिन्छ । मूल कुरा चेतनाको हो । हामीले बालबालिकालाई चेतनाको बाटोमा दोहो¥यायौंकी दोहो¥याएनौ सोचनिय विषय हो । हिंसामा परेका महिलाले कानुनी उपचारका लागि प्रतिरोध गर्न पनि नसक्ने अवस्था अझै कायम छ । यसमा केहि सुधार भएको भने देखिन्छ । पछिल्लो समय खुलेर बोल्नसक्ने क्षमतामा बृद्धि हुदै आएको पाइन्छ । तर यतिलेमा मात्र काफि छैन । अझै यो क्षेत्रमा धेरै कार्य गर्न बाँकी छ ।

बौद्धिक व्यक्तीबाटै हिंसा

महिला मात्र नभएर थुप्रै पुरूषहरू पनि हिंसामा परि रहेका छन् । पीडकहरूले खुलेर यस विषयमा नबोलेका भए पनि विभिन्न पत्रपत्रिका र संचारको माध्यमहरू बाट घटना बाहिरिने क्रम बढ्दो छ । यस विषयमा खुलेर भन्नुपर्दा निजी कार्यालय देखि सरकारी कार्यालय सम्म उच्च ओहोदाका व्यक्तिहरुले तल्लो तहका वा समान पदका व्यक्ती चाहे त्यो महिला होस या पुरूष, मौका पायोकि हिंसा गर्न नचुक्ने प्रवृती पनि मुलुकमा कायम छ । अझै भनुँ हाम्रा समाजमा, शिक्षित, खोक्रो आडम्बरले भरिएका, बौद्धीक भनिएकै व्यक्ति र बौद्धीकताकै क्षेत्रमा राम्रो पहिचान बनाउन सफल मानिसहरूले समेत हिंसा गरिरहेको पाइन्छ । राम्रो पहिचान बनाउन सफल व्यक्तीहरूबाटै काम एउटा तर व्यवहार अर्के हुनेगरेको पाइन्छ । त्यस्ता व्यक्तिहरूले पटक पटक महिलाको मुद्धालाई सर्मथन गरेर समाजमा भ्रम सिर्जित गराउने तर मौका पाउँदा आफै महिला ,किशोरी तथा आफनै सहकर्मी माथि पनि बारम्बार हिंसाजन्य काम गर्न पछि नपर्ने प्रवृत्ती हाबी भैरहेको देखिन्छ । कल्पना गरौ शिक्षा, अधिकार,पहुँच र सम्पन्नताको कमीमा यहाँ के के र कस्ता क्रियाकलाप हुने गरेका छन् र महिला बालबालिका वा पुरूषले समेत यस्ता हिंसाको चपेटामा परेका छन् । हिंसामा संलग्न व्यक्ति जो सुकै होस् सजायँको भागी हुनै पर्दछ ।

नेपालमा दिवसको सार्थकता

२०५४ साल देखि मुलुकमा निरन्तर रूपमा यो दिवश मनाउँदै आएको छ । २०७७ सालसम्म आउँदा २४ वर्ष हामीले दिवस मनायौं । २०५४ सालमा जन्मिएका शिशु अहिले तन्नेरी भइसके । तर यो अभियानको प्रभावकारिता भने झन् न्युन हुँदै गएको आभाष हुन्छ । यसले दिवसको सार्थकता माथी प्रश्न चिन्ह खडा गर्दछ । २०४६ सालको परिवर्तन पछि राष्ट्रले थुप्रै काँचुली फेर्दै आएको छ । राष्ट्र प्रमुख जस्तो गरिमा पदमा महिला छन् । दुई कार्यकालका लागी हामीले महिला राष्ट्रपति पाएका छौ । महिला पनि प्रधान न्यायधिश बन्न सफल भएको इतिहास छ । व्यवस्थापिका संसदकी सभामुख पनि महिलाले चलाइसकेको इतिहास हामीसँग ज्युँदो छ ।

लोकतान्त्रिक गणतन्त्रात्मक नेपालले महिला सशक्तीकरणका लागि विभिन्न अभ्यास र अभियान गर्दै आएको छ । संविधानले व्यवस्था गरे अनुसारको समावेशीकरणले नेपाली महिलालाई राष्ट्रका सम्मानित, मर्यादित र निर्णायक तहको जिम्मेवारीमा पु¥याएको छ । यसैगरी वडादेखि सङ्घीय संसद्सम्म महिला सहभागिता सुरक्षित गरिएकाले अधिकार र दायित्व निर्वाहमा महिला भूमिका बढ्दै छ । आगामी दिनमा महिलालाई आर्थिकदेखि सामाजिक जीवनमा परनिर्भरता कम गर्दै आत्मनिर्भर बनाउन सक्दा महिलाविरूद्ध हुने घरेलु हिंसालाई परास्त गर्न सकिने आँकलन गरिएर नै यस्ता कार्यक्रमहरू ल्याइए पनि सोचे जस्तो फल नमिलेको हो कि भन्ने महशुष गराउदैछ । कतै, सशक्तीकरण र समाबेशीको गलत ढङ्ग, विदेशी मोडल या फरक रूप त छानेनौ ? कतै कानुन लाई हाउगुजीको रूपमा मात्र पस्कने काम त भएन ? फेरि समिक्षा पो गर्नु पर्ने हो कि ! हाम्रा धेरै समस्याको जड गरिबी र विपन्नतामाझ पनि छ ।

यस्ता समस्यालाई निराकरण गर्दै सभ्य समाज स्थापना गर्न महिलाविरूद्ध हुने सबै प्रकारका विभेद समाप्त गर्नुछ । संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र नेपालले अनुमोदन गरेका महिलामैत्री सबै अन्तर्राष्ट्रिय प्रावधानको कार्यान्वयनमा सरकार र सबै तह र तप्कामा रहेका नागरिकले संयुक्त पहल गर्नुपर्ने आवश्यकता देखिन्छ । हामी खाली आफना छोरीलाई सुरक्षित भएर बस्ने सल्लाह दिन्छौ । उनीहरूलाई एक्लै नहिड्ने, साझँ पर्नुभन्दा पहिला घर आईपुग्ने इत्यादि विकल्पका बाटो अपनाइरहेका छौं । कहिल्यै हामीले महिलालाई बराबर र सम्मान दिने शिक्षा र सोंच परिवर्तनका लागि हामीले कहिल्यै सोच्यौ?

पूनश्चः नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म विश्वभरि नै लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान जारी छ । हेक्का रहोस् । यो अभियानबाट केहि फरक त अवश्य पनि पर्नुपर्छ । सधैं सहज नहोला तर विश्वास गर्नुस् तपाईँ हाम्रो इमान्दार प्रयासले फरक पार्छ । लैङ्गिक हिंसालाई व्यापक सन्दर्भमा बुझ्नु आवश्यक छ । यो यौनशोषण मात्र नभएर धेरै महिलाविरूद्ध हुने सामाजिक, सांस्कृतिक, विविध विभेद नै समग्रमा लैङ्गिक हिंसा ठहर्ने भएकाले यस्ता विभेदको अन्त्य गर्न नेपालले विभिन्न पहल गर्दै आएको छ । नेपालको संविधानले महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक प्रदान गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);