महिला हिंसा विरुद्धको १६ दिने अभियान गाईघाटमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

महिला हिंसा विरुद्धको १६ दिने अभियान गाईघाटमा सुरु

उदयपुर।अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिस शुक्रवार गाईघाटमा १६ दिने महिला हिंसा विरुद्धको अभियानसँगै सुरु गरिएको छ। विश्वभर अन्तर्राष्ट्रिय महिला दिबस ८ मार्चमा मनाउने गरिएको छ। २५  नोभेम्बर देखि १० डिसेम्बरसम्म चल्ने अभियानमा विभिन्न  कार्यक्रमहरु सञ्चालन हुनेछन ।

यस अवसमा गाईघाट बजारमा पनि विभिन्न कार्यक्रमहरु गरिएका छन् । त्रियुगा नगरपालिकाको आयोजनामा नगरको १६ वटै वडा, नगरपालिकाको कार्यालयमा जनचेतनामूलक व्यानर राखिएको छ। त्यसैगरी महिला हिंसा गर्दिन भन्ने प्रतिबद्धतासहित सेतो रिवन वितरण गरिएको नगरपालिकाका उपप्रमुख महेश्वरी राईले बताईन । नगरमा अभियान प्रभावकारी बनाउन जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग छलफल गर्ने, अभिमूखीकरण कार्यक्रमहरु तथा वक्तित्वकला प्रतियोगिताको आयोजना गरिने उनले बताइन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);