इटहरीका मेनपावरमा वैदेशिक रोजगार विभागद्धारा छापा, दुईवटा मेनपावर बन्द | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

इटहरीका मेनपावरमा वैदेशिक रोजगार विभागद्धारा छापा, दुईवटा मेनपावर बन्द

इटहरी, १ फागुन । वैदेशिक रोजगार विभागले इटहरीमा सञ्चालित रहेका एक दर्जन मेनपावर कम्पनीमा छापा मारेको छ। यसैक्रममा दुईवटा मेनपावर कम्पनी बन्द समेत गरिएको छ ।

अवैध रुपमा शाखा सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा विभागले मेनपावर कम्पनीहरूमा शुक्रबार छापा मारेको थियो ।

विभागका महानिर्देशक कुमार दाहालका अनुसार इटहरीको एचआर मेनपावर कम्पनी र मेमोरियल मेनपावर कम्पनीमा शिलबन्दी तथा शाखा बन्द गरिएको छ।

ती दुबै मेनपावर कम्पनीबाट विभागले हालसम्म प्रयोग गरिएका काजगात, कामदारहरूको सूचीलगायतका महत्वपूर्ण कागजात समेत जफत गरिएको छ।

इटहरीमा थुप्रै मेनपावर कम्पनीका अवैध शाखा सञ्चालन भइरहेको पाइएपछि टोली पठाएको र टोलीले कारबाही थालेको महानिर्देशक दाहालले बताए।

सुनसरीमा सञ्चालित मेनपावरहरूमा छापा मार्न जाँदा विभागले त्यहाँको स्थानीय प्रहरी र प्रशासनसँग समन्वय गरेको उनले बताए ।

Leave a Reply