रोजगारीका लागि साउदी पुगेका ७० जना नेपाली अलपत्र (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

रोजगारीका लागि साउदी पुगेका ७० जना नेपाली अलपत्र (भिडियाेसहित)

काठमाडौं, १८ असार । रोजगारीका लागि साउदी अरब पुगेका ७० जना युवा अलपत्र परेका छन् । ९ महिना अगाडी काठमाडौंमा रहेका दुई मेनपावर कम्पनीबाट साउदी पुगेका युवाहरु अहिले अलपत्र अवस्थामा छन् । खान बस्न नपाएरपछि उनिहरुको सडकको बास भएको छ ।

काठमाडौंको गौशालामा रहेको हेभन ओभरसिज प्रा.ली र ललितपुरमा रहेको इनोभेटीन ह्युमन रिसोर्स डेभलपमेन्ट प्रा.ली मार्फत ७० जना युवा साउदी अरब पुगेका थिए । राम्रो काम पाउने आशमा साउदी पुगेका ति युवाहरुको अहिले सडकको बास भएको छ ।

साउदीको एसएलसी कम्पनीमा कामका लागि गएका उनीहरुले काम त पाएका छन् तर काम गरेबापत न त समयमा तलब पाएका छन् न त बस्न खान नै पाएका छन् । बस्ने ठाउँ नपाएपछी सडक पेटीमा र गाडी भित्र सुतेर रात बिताउनु परेको उनीहरुले बताएका छन् । रामेछापका दिलधोज कार्कीले आफुहरुले पाएको दुख माउण्टेन टेलिभिजनलाई भिडियो कल मार्फत यसरी सुनाएका छन् ।

रामेछापका दिलधोज कार्की मात्र होइन उनीसंगै ७० जनाको अवस्था अहिले उस्तै छ । नेपालबाट मेनपावर कम्पनीले १८ सय तलब र भत्ता दिने बताए पनि अहिले आफुहरुले जम्मा साढे ३ सय तलब मात्र पाएको उनीहरुको भनाई छ । त्यही तलब पनि कम्पनीले चार महिनामा एक पटक मात्र दिने गरेको छ ।

पटक पटक आफुहरुलाई नेपाल फर्काउन भने पनि मेनपावर कम्पनीले भने वास्तै नगरेको युवाहरुको भनाई छ । मेनपावर विरुद्ध युवाहरुले ढेड महिना अगाडी उजुरी गरेपनि वैदेशिक रोजगार विभागले अहिलेसम्म कुनै पहल गरेको छैन ।

मेनपावर कम्पनीको बेवास्तापछि नेपाल फर्कनका लागि अहिले उनीहरु दुतावास धाइरहेका छन् । अलपत्र अवस्थामा रहेका कामदारलाई नेपाल फर्काउन साउदीस्थित नेपाली दुतावासले पहल गरिहेको छ । तर उनीहरुलाई फर्काउन भनी दुतावासका कर्मचारीले मेनपावर सञ्चालकहरुसंग कुरागर्दा उल्टै मेनपावर सञ्चालकहरु दुतावासका कर्मचारीलाई थर्काउने गरेका छन् ।

लाखौ लिएर कामदार विदेश पठाउने तर उनीहरुको जिम्मेवारी लिन नसक्ने यस्ता मेनपावर कम्पनी सञ्चालकले गर्दा नेपाली युवाहरु विदेशमा अनेक दुख भोग्न बाध्य छन् । खान र बस्न नपाएर साउदी अरबको सडक पेटीमा बसीरहेका ७० जना नेपाली युवाहरुलाई अब स्वदेश फर्काउने कस्ले ?

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);