बिहीबार विहान पनि काठमाडौंका सडक प्रभावित हुने  | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

बिहीबार विहान पनि काठमाडौंका सडक प्रभावित हुने 

काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुका कारण बिहीबार विहान पनि काठमाडौंका सडक प्रभावित हुने भएका छन् । नेपालको चार दिने भ्रमण सम्पन्न गरी फर्कने क्रममा सडक प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ‘भोली (बिहीबार) बिहान ९ बजे आसपासमा पनि कालिमाटी देखी एयरपोर्ट सम्म संचालन हुन सवारी साधन प्रभावित हुनेछन्,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बिहीबार बिहान कालिमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माईतीघर, विजुलीबजार, नयाँवानेश्वर, मिनभवन, तीनकुने, सिनामंगलहुँदै एयरपोर्ट सम्मको सडक प्रभावित हुने कार्यालयले जनाएको छ ।

सो रुटमा सञ्चालन हुने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

Leave a Reply

ताजा समाचार