प्रचण्डलाई भेट्न अमेरिकी राजदूत बेरी खुमलटारमा  | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रचण्डलाई भेट्न अमेरिकी राजदूत बेरी खुमलटारमा 

काठमाडौं। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी खुमलटार पुगेका छन् । प्रचण्ड निवास खुमलटारमा बुधबार बिहान पुगेका राजदूत बेरीले प्रचण्डसँग बिदाइ भेटवार्ता गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका छन् ।

‘अध्यक्ष प्रचण्ड र राजदूत बेरीबीच आज बिहान अध्यक्ष निवास खुमलटारमा बिदाई भेट भयो,’ मल्लले भने, ‘अध्यक्ष प्रचण्डले राजदुत बेरीको सफल कार्यकालको लागि हार्दिक बधाई दिनुको साथै नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);