शोकको दिन राजनीतिक चलखेल, प्रचण्डले भेटे ओली र चिनियाँ राजदुत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

शोकको दिन राजनीतिक चलखेल, प्रचण्डले भेटे ओली र चिनियाँ राजदुत

काठमाडौं, २ माघ । आइतबार पोखरामा भएको विमान दुर्घटनामा परी ६८ जनाको मृत्यु भएकोमा आज सरकारले शोक विदा दिएको छ । देश आज शोकमा डुबेको बेला सार्वजनिक विदा दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने राजनीतिक चलखेलमा लागेका छन् ।

यति एयरलाइन्सको विमान दुर्घटना भएसँगै आइतबारका सबै कार्यक्रम स्थगित गरेका प्रधानमन्त्री दाहालले आज सत्ता साझेदार दलको सबैभन्दा ठुलो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । ओली निवास बालकोटमा पुगेका प्रचण्ड दिवा खानापछि मात्रै बालुवाटार फर्किने उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपति र सभामुख पदमा एमालेसँग कुनैपनि सहमति नभएको भन्दै प्रचण्डले अभिव्यक्ति दिएपछि एमालेले आंशकित भइरहेको बेला उनी बालकोट पुगेका हुन् । दुई नेताबीच सभामुखको बारे छलफल भइरहेको जनाइएको छ।

राजनीतिका चतुर खेलाडी प्रचण्डले आजै चीनिया नवनियुक्त राजदूत एच ई मिस्टर चेन सोङसँग पनि शिष्टाचार भेट गरेका छन् । आज बिहान सोङ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डलाई भेट्न पुगेका हुन् । उनीहरुबीच नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);